Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअध्यागमन विभागका महानिर्देशक अधिकारी गृह मन्त्रालय तानिए, यस्तो छ फिर्ताको कारण !

अध्यागमन विभागका महानिर्देशक अधिकारी गृह मन्त्रालय तानिए, यस्तो छ फिर्ताको कारण !


काठमाडौं । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृह मन्त्रालय तानिएका छन् । सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग सम्पर्कमा रहेको भन्दै सार्वजनिक रुपमा प्रश्न उठेपछि अधिकारीलाई मन्त्रालयमा तानिएको हो ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठका स्वकीय सचिव विजय गौतमले अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको सार्वजनिक भएपछि मन्त्रालय तानिएको जानकारि दिनुभयो । अधिकारीमाथी उठेको प्रश्नको वास्तविकताको अब गृहले खोजी गर्नेछ । सुन तस्करीमा संलग्नताको अभियोग लागेका दावा भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ