Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौंबाट जोमसोम जाँदैगरेको बस त्रिशूली नदीमा खस्यो, ८ जनाको मृत्यु !

काठमाडौंबाट जोमसोम जाँदैगरेको बस त्रिशूली नदीमा खस्यो, ८ जनाको मृत्यु !


काठमाडौं । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको ज्यान गएको छ । दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा हुँदै जोमसोम जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जानकारी दिनुभयो । घटनास्थलबाट १६ जनाको उद्धार गरिएकोमा ८ जनाको मृत्यु भएको, ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गम्भिर घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् । बसमा कति यात्रु थिए, के कति कारणले दुर्घटना भयो ? प्रहरीले खोजी गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ