Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा बिषालु च्याउले लियो तीन जनाको ज्यान, यी च्याउ भुलेर पनि नखानुहोस् !

अष्ट्रेलियामा बिषालु च्याउले लियो तीन जनाको ज्यान, यी च्याउ भुलेर पनि नखानुहोस् !


ब्रिजबेन । अष्ट्रेलियाको मेलवर्नमा बिषालु च्याउ खाँदा तीन जनाको ज्यान गएको छ । भिक्टोरियास्थित मेलवर्नबाट १२० किलोमिटर पूर्वमा रहेको लियोनगाथा क्षेत्रमा ४८ वर्षिया महिलाको घरमा निम्ता मान्न पुगेका ६६ र ७० वर्षका दम्पती अनि ७० वर्षिया पुरुषका दिदि नाता पर्ने अर्का एकको ज्यान गएको हो ।

च्याउ खाएर सुतिरहेको समयमा बिरामी परेकामध्ये अर्का एकजना अहिले पनि अस्पतालमा उपचाररत रहनुभएको छ । बिसालु च्याउका कारण घटना भएको वा अन्य कुनै अपराधिक उद्देश्य थियो ? यसबारे प्रहरीले घरमा आफन्त बोलाएर च्याउ खुवाउने ४८ वर्षिया महिलालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रहरी शंकास्पद घटनाका रुपमा ४८ वर्षीया महिलालाई पक्राउ गरेपनि विषालु च्याउकै कारण घटना भएको हुनसक्ने प्रारम्भिक आँकलन गरेको छ ।

यी च्याउ घातक हुनसक्छन
स्वादका हिसाबले धेरैको रोजाईमा पर्ने च्याउले नै कतिपय अवस्थामा गम्भिर स्वास्थ्य संकट निम्त्याएका घटना धेरै छन् । विशेषगरि अष्ट्रेलियाका सहरी क्षेत्रमा उम्रिने डेथक्याप र एल्लोस्टेनिङ नामका च्याउ हानिकारक मानिन्छन । पसलबाट किनेर ल्याइने खानमिल्ने च्याउजस्तै देखिने यस्ता च्याउको सेवनबाट बेलाबेलामा ठूलो जोखिम हुनेगरेको छ । अष्ट्रेलियाको दक्षिपूर्वी क्षेत्र क्यानबेरा, एडिलेड र मेलवर्नमा वर्षादसँगै यस्ता च्याउ उम्रिने गरेका छन् ।

च्याउ खाँदा पसलमा राखिएको पहिचानयुक्त च्याउमात्रै खाएर गम्भिर स्वास्थ्य जोखिमबाट बच्नुहोला । करेसाबारी चौर खुला ठाउँ रुखमा उम्रिएका च्याउ पहिचान नगरि खाने काम नगर्नुहोला ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ