Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा मानिस बेपत्ता हुने क्रम बढ्दो,नेपाली युवा हराउदा परिवारमा पीडा !

अष्ट्रेलियामा मानिस बेपत्ता हुने क्रम बढ्दो,नेपाली युवा हराउदा परिवारमा पीडा !


ब्रिजबेन । अष्ट्रेलिया, नेपाली युवायुवती मात्रै नभएर विश्वका विभिन्न देशका युवायुवतीको उच्च शिक्षाका लागि पहिलो रोजाईको गन्तव्य । तर यहि देशमा पुगेका युवायुवती अनि स्थानीय मानिस समेत बेपत्ता हुने क्रम बढ्दो देखिएको छ ।

सिड्नीमा १६ वर्षदेखि बेपत्ता विल्सन बिष्ट अहिलेसम्म फेला नपर्दा केही दिन अघि मात्रै ६ महिनादेखि छोरो बेपत्ता भएको भन्दै दुई बृद्धबाआमा ब्रिजबेन आइपुग्न भएको छ । केही महिना अघिबाट सम्पर्कबिहिन बनेका छोराको खोजीमा रहेका बुबाआमाले निरास हुँदै प्रहरी अनि एनआरएनए अष्ट्रेलियालाई समेत गुहार्नुभएको छ ।

सन २००४ मा विद्यार्थी भिसामा सिड्नी आईपुग्नुभएका विल्सनको अहिलेसम्म पनि परिवारले खोजी गरिरहेका छन् । आईटी पढ्दैगर्दा २००७ अगष्ट देखि वेपत्ता विष्ट अहिलेसम्म पनि फेला पर्नुभएको छैन । प्रहरीले बर्षौदेखिको वेपत्ता सुचिमा राखेर खोजी गरिरहेको छ । यता, अर्का नेपाली युवा समेत हराएको खबरले नेपालमा आफन्त चिन्तामा छन् । यी मात्रै नभएर धेरै नेपाली युवायुवती अष्ट्रेलियामा सम्पर्कविहिन छन । कतिपय कुलतमा समेत फस्दा परिवारमा पलाएको खुसि निरासामा परिणत भैरहेेको छ ।

अष्ट्रेलियाको सरकारी तथ्यांक अनुसार अहिलेसम्म लामो समयदेखि बेपत्ता भएकाहरूको सुचिमै २५ सय मानिस छन् । यस्तै अघिल्लो वर्ष अर्थात सन २०२२ मा मात्रै ५५ हजार मानिस हराएका छन् । यो सरकारी तथ्यांकले दैनिक १५० मानिस हराउने गरेको देखाउछ । आफ्नो उज्वल भविष्यसंगै परिवारको खुसि अनि भविष्य उज्जवल बनाउन अष्ट्रेलिया पुग्नुभएका सबैलाई समस्या, अभाव, दबाबबाट भागेर होइन जुधेर अघि बढ्न मनोविदहरुले सुझाब दिएका छन् ।  तपाईं विचलित भएर आफू अनि परिवारलाई भुल्ने काम कहिल्यै नगर्नुहोस् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ