Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaचीनको बाटो भएर उडान भर्दैहुनुहुन्छ? यी कुरामा विशेष ध्यान दिनुहोस्

चीनको बाटो भएर उडान भर्दैहुनुहुन्छ? यी कुरामा विशेष ध्यान दिनुहोस्


ब्रिजबेन । तपाईं चीनको बाटो भएर नेपाल फर्किदै हुनुहुन्छ र यही रुट भएर अष्ट्रेलिया लगायत विदेशका कुनैपनि देश आउदैहुनुहुन्छ भने यी कुरामा बिशेष ध्यान दिनुहोला । चीनको पछिल्लो नियम अनुसार उडानको ४८ घण्टा अघि एन्टिजेन र्यापिड टेष्ट नेगेटिभ हुनुपर्ने र आगमन अनि प्रस्थानको डिजिटल फारम भरेर मात्रै सुरक्षा जाँच पार गर्न सकिने भएको हो ।

चीनको बाटो भएर उडान भरिरहेका नेपाली यात्रु विशेषगरी एक्जिट र ईन्ट्री डिक्लिरेशनमा अलमलमा परेको पाईएको छ । यसका लागि मोबाइल र विमानस्थल क्षेत्रमा रहेका बुध मार्फत राहदानी नम्बर,व्यक्तिगत विवरणसहितको फारम भर्नुपर्ने हुन्छ । यो घोषणा फारममा चाइनाको सम्पर्क व्यक्ति र नम्बर समेत आवश्यक पर्छ । कतिपय नेपालीले एकदेखि ७ वटा नम्बर मिलाएर भरेको, विवरण भर्दा आउने ठाउँको नाम राखेको अनि आफुले थाहा पाएको कुनै नाम भरेर सबमिट गर्दै क्युआर कोड प्राप्त गरेको पाइएको छ ।

तपाईं कुनै बिवरण भर्न अलमलमा पर्नुभयो भने विमान कम्पनीका प्रतिनिधिसंग समेत सहयोग लिन सक्नुहुनेछ । विमास्थल आसपास रहेका नेपालीको पहिचान गरेर समेत सम्पर्क व्यक्तिका रुपमा राख्न सक्नुहुनेछ । फारम भरेपछि मोबाइलमा आउने बारकोडका आधारमा मात्रै सुरक्षा जाँच पार गरेर विमान चढ्न पाइने भएकाले साबधानीपुर्वक विवरण भर्नुहोला ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ