Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaजेनिसा गौतम र निशान भट्टराईको नयाँ गीत ‘ माया गरिदेउ ’, प्रकाश सपुत र कुशुम शर्माको दमदार अभिनय !

जेनिसा गौतम र निशान भट्टराईको नयाँ गीत ‘ माया गरिदेउ ’, प्रकाश सपुत र कुशुम शर्माको दमदार अभिनय !


काठमाडौं । सकम्बरी गीतले सदाबहार चर्चा पाइरहँदा प्रकाश सपुतको अभिनय रहेको ‘ सकम्बरी माया गरिदेउ ’ बोलको गीतको चर्चा चुलिएको छ । गायक निशान भट्टराई र जेनिसा गौतमको स्वरमा रहेको ‘ माया गरिदेउ ’ बोलको गीतको म्युजिक भिडियोमा भाइरल गायक प्रकाश सपुत र कुशुम शर्माको अभियनका कारण माहौँल तातिएको हो ।

जिवन भण्डारीको शब्द रहेको गीतमा सुवास भुषालको संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ । गीतको भिडियो मान सिंह मर्हजनले छायाँकन गर्नुभएको हो । । सुनिल विश्वकर्माको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोमा गीतको भिडियोमा प्रकाश सपुत र कुशुम शर्माको निकै रोमान्चक दृश्य देखाइएको छ ।

प्रविण भट्टले संपादन गर्नुभएको म्युजिक भिडियो तीनदिन अघि मात्रै जेनीसा इन्टरटेन्टमेन्ट अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ । यो समाचार तयार पार्दासम्म मुजिक भिडियो २ लाख ८५ हजारले हेरिसकेका छन् । विदेशी भुमिमा रहेर समेत जेनिसा गौतमले आफ्नो गायन कलालाई प्रस्फुटन गर्दैआउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ