Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News‘आदिपुरुष’को विवाद : हिन्दी फिल्म रोक्ने मेयर बालेनको कदमविरुद्ध चलचित्र संघ !

‘आदिपुरुष’को विवाद : हिन्दी फिल्म रोक्ने मेयर बालेनको कदमविरुद्ध चलचित्र संघ !


काठमाडौं । काठमाडौं महानगरमा चलचित्र ‘आदिपुरुष’सहित हिन्दी फिल्ममाथी नै प्रतिबन्ध लगाइएपछि भारतीय फिल्म कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज प्रा.लिले चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पत्र पठाएको छ । कम्पनीले आइतबार इमेलमार्फत पठाएको पत्रमा चलचित्र ‘आदिपुरुष’मा प्रयोग भएको संवादमा सीताको जन्मको विषयमा नभइ सम्पूर्ण भारतीय नारीहरुको स्वाभीमानलाई प्रतिनिधित्व गरेको उल्लेख गरिएकोछ ।

कम्पनीकी राधा दासद्वारा हस्ताक्षरित पत्रमा संसारका महिलाहरुको सम्मानलाई भारतीयले महत्वका साथ हेर्ने गरेको बताउँदै चलचित्रलाई कलात्मक प्रदर्शनको रुपमा हेरिदिन र सहयोग गर्न आग्रह गरिएको छ । ‘सर्वप्रथम यदि हामीले कुनै पनि विषयमा नेपालको भावनामाथि चोट पुर्याएको भए माफी चाहन्छौं, कसैको सौहाद्रतामा खलल पुर्याउने हाम्रो कुनै पनि चाहना वा नियोजित कार्य थिएन’, पत्रमा भनिएको छ । पत्रमा भनिएको छ– ‘चलचित्रमा प्रभासले निभाएको चरित्र श्री राघवले बोलेको ‘आज मेरे लिए मत लड्न, उस दिन के लिए लड्ना जब भारत कि किसि बेटी पर हात डाल्ने से पेहेले दूराचारी तुमहारा पौरुष याद कर्के थ्रा उठेका’ को सम्बन्ध माता सीताको जन्मभूमिसँग सम्बन्धित नभएको तर भारतका सबै महिलाहरुको स्वाभीमानलाई जनाउने रुपमा प्रयोग गरिएको हो ।’

सीता भारतमा जन्मिएको भन्दै राखिएको विवादित संवाद तीन दिनभित्र हटाउन भन्दै काठमाडौं महानरका मेयर बालेन शाहले अल्टिमेटन दिदै नहटाए महानगरभित्र कुनैपनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिनुभएको थियो । सोही चेतावनीका आधारमा सोमबार नगर प्रहरीले हलहरुमा पूर्वसूचना दिइसकेको छ भने हल सञ्चालकहरुले पनि महानगरको निर्णय मान्ने बताउँदै हिन्दी फिल्मको प्रदर्शनी रोकेका छन् ।

सीता भारतकी छोरी भएको डाइलग लेख्ने चलचित्रका लेखक मनोज सुक्लाले भारतीय च्यानलमा चलचित्रको विवादबारे प्रष्टिकरण दिदै नेपाल पहिले सन २००३, २००४ को समयमा भारतकै अंश भएको जिकिर गरेका छन् । अहिले पनि नेपाल स्वतन्त्रदेश नभएर भारतकै एक अंश भएको हावादारी तर्क प्रस्तुत गरेर थप बिवाद बढाउने काम गरेका छन् । नेपालको सार्वभौमसत्ता, राष्ट्रियता, धर्मसंस्कृति, भूगोलका बिषयमा भारतीय पक्षबाट व्यक्त धारण र बिवादित नक्सा बारे शसक्त विरोधको आवाज समेत उठिरहेको छ । यस्ता निन्दनीय हर्कतको सबैले विरोध गर्न राप्रपा नेपालले आह्वान समेत गरेको छ ।

हिन्दी चलचित्र रोक्ने महानगरको कदमविरुद्ध अदालत जाने तयारी
फिल्म ‘आदिपुरुष’ प्रदर्शनको च्याप्टर क्लोज भइसकेको तर यसैलाई लिएर अन्य भारतीय फिल्मको प्रदर्शनलाई प्रभावित पार्न खोजीएको भन्दै मेयर शाहको आलोचना समेत सुरु भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘आदिपुरुष’ विवादमा अन्य भारतीय फिल्मको प्रदर्शन रोकेपछि धेरै नेपालीहरु भारतीय हस्तक्षेपमाथी झापड दिएको भन्दै सुखी समेत भएका छन् । यता, अब कसरी अघि बढ्ने भन्ने बारेमा नेपाल चलचित्र संघ कानुन व्यवसायीसँगको परामर्शमा जुटेको छ । संघका उपाध्यक्ष गोपाल कायस्थ र प्रदर्शन सभापति प्रज्वल राणाले मेयर शाहको निर्णयलाई चुनौती दिन अदालत जाने तयारी भएको जानकारि दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ