Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा नेपाली युवामाथी छुरा प्रहार, प्रहरी खोरमा पश्चाताप गर्दै अभियुक्त !

सिड्नीमा नेपाली युवामाथी छुरा प्रहार, प्रहरी खोरमा पश्चाताप गर्दै अभियुक्त !


सिड्नी । बस चढेर काममा जाँदैगरेका नेपाली युवामाथी छुरा प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरेर अदालतमा पेश गरिएको छ । ३५ वर्षीया नेपाली युवामाथी सिड्नीको डार्लिङ्हर्स्ट क्षेत्रमा छुरा प्रहार गरेको अभियोगमा पक्राउ १९ वर्षीया युवाको जमानत अस्विकार गर्दै पारामाटा अदालतले हिरासतमा राख्ने अनुमति दिएको हो ।

छुरा प्रहारमा संलग्न माथी गम्भीर शारीरिक क्षति पुर्याउने नियतले घाइते बनाएको, आपत्तिजनक हतियार प्रयोग गरेको, जघन्य लुटपाट, सामान्य आक्रमण र सम्पत्ति नष्ट गरेको लगायतका नौवटा मुद्दा चलाइएको छ । आइतबार पारामाटा अदालतबाट जमानत अस्वीकार गरिएको यो मुद्धाको अर्को पेसी यस हप्ताको अन्त्यमा तोकिएको छ । अर्को पेशीमा अदालतमा नआएसम्म उनी हिरासतमा नै रहनेछन् । सिड्नीको भित्री सहरमा शनिबार दिउँसो बसमा यात्रा गरिरहेका नेपाली युवामाथी छुरा प्रहार भएको थियो । नेपाल ट्युबको सम्पर्कमा आउनुभएका घाइते युवाले आफूमाथी टाउको, हात, चिउडोमा गरेर ५ पटक छुरा प्रहार भएको र छेक्न सफल भएकाले ठूलो क्षतीबाट जोगिएको जानकारि दिनुभएको छ । स्थानीय अस्पतालमा उपचार पछि घर फर्किएको बताइएको छ ।

न्यु साउथ वेल्स प्रहरी समेत घटना घटे लगत्तै सक्रिय भएर भागेका अभियुक्त पक्राउ गर्न सफल भएको थियो । पक्राउ अभियुक्तले केही दिन अघि मात्रै बोन्डीमा अर्का व्यक्तिलाई पनि आक्रमण गरी लुटपाट गरेको खुलेको छ । लुटपाट गर्ने उद्देश्य सहित सक्रिय भएका उनीमाथी कानुनी कारबाही अघि बढाइएको छ । केही समय अघि सिड्नीको कोग्रामा भ्यानमा सामान राख्दैगर्दा अज्ञात व्यक्तिले छुरा प्रहारबाट एक नेपाली युवा घाईत भएका थिए । सामान्य उपचारपछि उनी पनि घर फर्किएका थिए । छुरा प्रहारका घटना बढ्दैगर्दा राज्य सरकार र संघीय सरकारमाथी समेत चुनौँती बढेको छ ।

क्वीन्सल्याण्डमा राज्यमा ज्याक ल पारित गर्दै धारिलो हतियार बोकेर हिड्ने जो कोहीलाई नियन्त्रणमा लिएर खान्तलासी गर्नसक्ने व्यवस्था गरेको छ । नर्दर टेरिटोरीको डार्बिनमा समेत धारिलो हतियार नियन्त्रणका लागि प्रहरीलाई सक्रिय र अधिकार प्रत्यायोजन गर्ने बारे कानुन संशोधनको प्रक्रिया अघि बढाएको छ । छुरा प्रहारका छिटफुट घटना देखिएपनि नागरिकको सुरक्षा सरकार र प्रहरी प्रशासन चनाखो बन्ने गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ