Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsधार्मिक तथा पर्यटकीय स्थल लुम्बिनीमा पाँच महिनामै ५ लाख पर्यटकको अवलोकन भ्रमण !

धार्मिक तथा पर्यटकीय स्थल लुम्बिनीमा पाँच महिनामै ५ लाख पर्यटकको अवलोकन भ्रमण !


काठमाडौं । धार्मिक तथा पर्यटकीय स्थल लुम्बिनीमा भारतीय र तेस्रो देशका पर्यटक आउने क्रम बृद्धि भएको छ । लुम्बिनीमा अहिले आन्तरिक पर्यटकको पनि चहलपहल बाक्लिएको छ ।

पछिल्लो पाँच महिनामा मात्रै लुम्बिनीमा चार लाख ७० हजारभन्दा धेरै पर्यटकले अवलोकन भ्रमण गरेका छन् । सन् २०२३ को जनवरीदेखि मे महिनासम्म चार लाख ७० हजार पाँच सय ४२ जना पर्यटक लुम्बिनी भित्रिएका् लुम्बिनी विकास कोषले जानकारि दिएको हो । सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी क्षेत्रको अवलोकन भ्रमण गरेका थिए । गएको वर्षभन्दा यस वर्ष भित्रिएका पर्यटकको सङ्ख्या एक लाख आठ हजारभन्दा धेरै रहेको पाइएको छ ।

गएको जनवरीदेखि मे महिनासम्ममा ३४ हजार चार सय १३ जना ६७ देशका राहदानी बाहक, तीन लाख २४ हजार दुई सय ६८ नेपाली र एक लाख ११ हजार आठ सय ६१ भारतीय नागरिकले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेको तथ्याङ्क लुम्बिनी विकास कोषले राखेको छ । पाँच महिनाको अवधिमा नेपाली र भारतीय नागरिकबाहेक थाइल्यान्डका आठ हजार दुई सय ४७, श्रीलङ्काका पाँच हजार सात सय २१, म्यानमारका पाँच हजार तीन सय ९८, भियतनामका तीन हजार दुई सय ३५, कोरियाका दुई हजार छ सय २९, चीनका एक हजार दुई सय आठ र अन्य देशका सात हजार छ सय ७५ जना नागरिकले लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषले जानकारि गराएको छ ।

कोरोना महामारीको बेला सन् २०२१ मा ६८ देशका एक हजार एक सय ९७ जना पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । लुम्बिनीमा पर्यटक वृद्धिसँगै पर्यटन व्यवसायलाई पनि राहत पुगेको पर्यटन व्यवसायी सङ्घ लुम्बिनीका अध्यक्ष हुसेनी लोधले बताएका छन् । भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपनि लुम्बिनी क्षेत्रमा अपेक्षा गरेअनुसार पर्यटकको चहलपहल हुन सकेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ