Friday, 3 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा जुलाईबाट ६ प्रतिशतले पारिश्रमिक बढ्दै, यस्तो छ नयाँ कानुनी व्यवस्था !

अष्ट्रेलियामा जुलाईबाट ६ प्रतिशतले पारिश्रमिक बढ्दै, यस्तो छ नयाँ कानुनी व्यवस्था !


ब्रिजबेन । अष्ट्रेलियामा कामदारको ज्याला ६ प्रतिशतले बृद्धि भएर प्रतिघण्टा न्युनतम पारिश्रमिक २३ डलर २३ सेन्ट पुगेको छ । फेयरवर्क ओम्बुस्डम्यानको पहलमा महंगीको मारमा परेका कामदारलाई राहत दिनेगरि बढाइएको २ डलरको ज्यालाबृद्दिको निर्णय आगामी जुलाई १ बाट लागू हुन लागेको हो ।

अष्ट्रेलियाको केन्द्रीय बैंकको तथ्यांक अनुसार महंगीदर ६ दशमलब ८ प्रतिशत रहेको छ । विगतमा ३ डलर हाराहारिमा पाईने टमाटरको मुल्य अहिले ११ डलर बढी पुगेको छ । महंगीका कारण घरभाडा, खाद्यवस्तुको किनमेल लगायतमा भार परेर नागरिकको जीवनयापन समेत प्रभावित हुँदैआएको अवस्थामा फेयरवर्क ओम्बुस्डम्यानले लामो समयदेखी पारिश्रमिक बृद्धिको लागि गरेको पहल सार्थक बनेको छ । जुलाई १ बाट अब अष्ट्रेलियामा फुल टाईक काम गर्ने एक जना कामदारले प्रतिहप्ता ८ सय ८३ डलरसम्म कमाउन सक्नेछन् ।पारिश्रमिक बृद्धीको खबरसँगै महंगीको मारमा परेका कामदारहरु खुसी हुन थालेका छन् ।

अष्ट्रेलियामा व्यवसायीहरुको मनोमानी नचल्ने भएकाले कामदारलाई कानुन अनुसारको पारिश्रमिक, सेवा सुविधा बाध्यकारी जस्तै छ । यदी तपाई पनि आफू कार्यरत रहेका कम्पनीमा न्युनतम पारिश्रमिक भन्दा कम अर्थात ओभरटाईम लगायतका अन्य सेवा सुविधामा ठगिनुभएको छ भने जुनकुनै बेला फेयरवर्क ओम्बुस्डम्यानमा गुनासो र उजूरी लगेर निःशुल्क क्षतिपूर्तिसहितको कानुनी सहायता पाउनसक्नुहुनेछ ।


ट्याग : #Fair Work Ombudsman, #fairwork, #Wage in Australia, #अष्ट्रेलिया तलब बृद्धि
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ