Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा वर्षेनी १० हजार बढीको भिसा क्यान्सिल, यस्ता छन कारण !

अष्ट्रेलियामा वर्षेनी १० हजार बढीको भिसा क्यान्सिल, यस्ता छन कारण !


ब्रिजबेन । अध्यागमनको रेकर्ड अनुसार अष्ट्रेलियामा वर्षेनी १० हजार बढी विद्यार्थीहरुको भिषा क्यान्सिल हुनेगरेको पाइएको छ । यो समस्या समाधानका लागि भिसा क्यान्सिल हुने विभिन्न कारणहरुको पहिचान गरेर विद्यार्थी स्वयम सचेत बन्नुपर्ने हुन्छ । तपाईले भिषाका मापदण्डसँगै अष्ट्रेलियाको कानुनी व्यवस्था भुलेर पनि उल्लंघन नगर्नुहोस् ।

घोताने लयर मेलबर्नका कानुन व्यवसायी माधव खरेलका अनुसार विद्यार्थीलाई सातमा ४८ घण्टासम्म काम गर्न पाइने सहुलियत दिइएको छ, यो समयअवधीभन्दा बढी काम गर्नेहरुको हकमा पनि यो जोखिम रहन्छ । नेपालबाट आउँदा पेश गरिएका नक्कली कागजात, अष्ट्रेलियामा अपराधिक क्रियाकलापमा सहभागि भएमा जस्तै, घरेलु हिंसा, यौँन हिंसा, आगुऔषधको लत, झैझगडा र कुटपिटमा संलग्नताको कसुरका कारण समेत भिसा गुमाउनुपर्ने हुन्छ । यस्तै, विद्यार्थी भिसामा आएर पठाइमा हेलचेक्राई गर्दा समेत भिसा गुमाउनुपर्ने जोखिम रहन्छ ।

तपाई लाखौँ खर्च गरेर उच्च शिक्षासँगै आफ्नो र परिवारको उज्जवल सपना बुनेर अष्ट्रेलिया आउँदै हुनुहुन्छ र आउनुभएको छ भने अष्ट्रेलियाका कानुनी व्यवस्था बारे बेलैमा सचेत बन्नुहोस् । यदितपाईले गम्भिर कसुर मानिने गतिबिधि गर्नुभएको छैन भने भिषा क्यान्सिल वा सचेतनाका एसएमएस अलर्ट आउनासाथ कानुन व्यवसायीसँग परामर्श गरेर प्रक्रिया रोक्न अपिल गर्नुहोस् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ