Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमेलबर्नमा १०० वर्षयताकै ठूलो भूकम्प, ‘भवनमा क्षति र चोटपटक लागेको रिपोर्ट छैन’: एसईएस !

मेलबर्नमा १०० वर्षयताकै ठूलो भूकम्प, ‘भवनमा क्षति र चोटपटक लागेको रिपोर्ट छैन’: एसईएस !


मेलबर्न । अष्ट्रेलियास्थित मेलबर्नको पश्चिममा रहेको सनबरीमा गएराती ३.८ म्याग्निच्युडको भूकम्प गएको छ । मेलबर्नको सम्पूर्ण क्षेत्रमा धक्का महसुस गरिएको भएपनि क्षतिको विवरण भने अहिलेसम्म नआएको जियोसाइन्स अस्ट्रेलियाले जानकारि दिएको छ ।

आइतबार राति ११ बजेर ४१ मिनेटमा भूकम्प गएको बताइएको छ । केही घरका पर्खालमा सानो दरार देखिएपनि ठूलो क्षतिको विवरण नआएको संघीय प्रहरीले जानकारि दिएको छ । भिक्टोरियाको राज्य आपतकालीन सेवा (एसईएस) ले बिहान धेरै भवनहरूमा भएको क्षतिको अनुसन्धान थालेको छ । प्रभावित क्षेत्रका बासिन्दाहरुलाई सम्भावित परकम्पहरूको लागि तयार रहन आग्रह गर्दै ठूलो परकम्पको समयमा धैर्यसहित भुइँमा बस्न, बलियो टेबुल वा फर्निचरको आडमा बस्न र हल्लाउन बन्द नभएसम्म भागदौड नगर्न भन्दै एसईएसले सबैलाई सचेत गराएको छ ।

जियोसाइन्स अस्ट्रेलियाले दिएको जानकारि अनुसार मेलबर्न सहरमा गएको आइतबार रातिको भूकम्प १०० वर्षयताकै ठूलो हो । यो केहि सेकेन्ड मात्र चलेको र मध्य मेलबर्नका बासिन्दाहरूले प्रभाव महसुस गरेपनि छोटो समयको धक्काका कारण ठूलो क्षति नभएको आँकलन गरिएको छ । सनबरी सहरबाट ४० किलोमिटर उत्तर–पश्चिममा भूकम्प गएको भएपनि तीन किलोमिटर गहिराईमा गएको भूकम्प केही सेकेण्ड मात्रै महशुस भएको थियो । राती गएको भूकम्पका कारण २० औँ हजार नागरिकको निन्द्रा खलबलिएको थियो ।

जियोसाइन्स अस्ट्रेलियामा आएको बिवरण अनुसार भूकम्पको धक्का सनबरीदेखि तस्मानियाको होबर्ट र एडिलेडको एसआरसी क्षेत्रसम्म महसुस गरिएको थियो । भिक्टोरियन एसईएसका प्रमुख अपरेसन अफिसर टिम वाइबुचले धेरै मानिसहरूले भूकम्पको धक्का महसुस गरेको भएपनि भवनमा क्षति पुगेको वा चोटपटक लागेको कुनै रिपोर्ट प्राप्त नभएको जानकारि दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ