Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसगरमाथा आरोहणको ७० वर्ष, नेपालट्युबको लोगो समेत पुग्यो सगरमाथामा !

सगरमाथा आरोहणको ७० वर्ष, नेपालट्युबको लोगो समेत पुग्यो सगरमाथामा !


काठमाडौं । नेपाल ट्युबको लोगो विश्वसको सर्बोच्च शिखर सगरमाथामा पुगेको छ । एक अष्ट्रेलियाली आरोहिसहित सगरमाथा आरोहणमा पुग्नु भएका पासाङ शेर्पाले ८ हजार मिटरको उचाईमा नेपालट्युबको लोगो पुर्याउनुभएको हो ।

८ हजार मिटरको उचाईसम्म पुग्नुभएका शेर्पासहितको आरोहण टोली अक्सिजन सकिएसँगै चुचुरो चुम्नबाट असफल भएको थियो । अहिले ८ हजारको उचाईमा फहराएको नेपालट्युबको लोगो र नामा आगामी दिनमा शिखरमै फहराईने प्रतिबद्धता आरोहणमा सहयोग गर्दै आउनुभएका शेर्पाले जनाउनुभएको छ । नेपालट्युबका फ्यान, समर्थक रहनुभएका शेर्पाले यो अभियानमा निरन्तर साथ दिने बताउनुभएको छ । अहिलेसम्म नेपाली शेर्पाहरुको सहयोग र साथमा ६ हजार बढी विश्वका विभिन्न देशका आरोहिले सगरमाथाको सफल आरोहण गर्नुभएको छ । आरोहणका क्रममा ३ सय बढीको ज्यान समेत गएको छ ।

मानिसले पाईला टेकेको आगमी मे २९ मा ७० वर्षपुग्दैछ । १९५३ मा नेपाली नागरिक तेन्जिङ नोर्बे सेर्पा र न्युजिल्यण्डका सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरो चुमेसँगै आरोहणको यात्रा सुरु भएको थियो



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ