Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा ठूलो परिणामको हेरोइन भित्र्याउने अभियुक्त पक्राउ,यस्तो हुनेछ सजाय !

अष्ट्रेलियामा ठूलो परिणामको हेरोइन भित्र्याउने अभियुक्त पक्राउ,यस्तो हुनेछ सजाय !


सिड्नी । अष्ट्रेलियाको पछिल्लो इतिहासमा सबैभन्दा ठूलो परिमाणमा हेरोइन आयात गरेको आरोपमा सिड्नीका एक व्यक्ति पक्राउ परेका छन् । टर्की प्रहरीले गत जनवरीमा पक्राउ गरेका ३५ वर्षीया युवालाई मे २७ मा सुपुर्दगी गरिएसँगै एएफपी पूर्वी कमाण्डरको खोजकर्ताले अपरेशन गेनको सहयोगमा सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

अष्ट्रेलियाको संघीय प्रहरीका अनुसार पक्राउ अभियुक्तले सन् २०२० मार्चदेखी प्रतिबन्धित लागूऔषधको अन्तरदेशिय कारोबार गर्दै आएका थिए । सन् २०२० को डिसेम्बरमै सिड्नीमा ३४७ दशमलब ९ किलोग्राम हेरोइन आयात हुँदा उनै आरोपितले थाइल्यण्डमा बसेर अन्तर्राष्ट्रिय गिरोहलाई सहयोग गरेको प्रहरीको दाबी छ । पक्राउ आरोपित अन्तर्राष्ट्रिय संगठित अपराधिक समूहहरूसँग समेत सम्बन्धित रहेको बताइएको छ । अर्का एक व्यक्तिमाथी समेत सेप्टेम्बर २०२१ मा आयातमा भएको लागूऔषध कारोबारमा संलग्नताको अभियोग लगाइएको छ । अष्ट्रेलियाली सीमा बल र एनएसडब्लु प्रहरीको संयुक्त अप्रशानमा उनी पक्राउ परेका हुन । एएफपीको अपरेशन गेनले टर्कीस्थित एएफपी अन्तर्राष्ट्रिय पोष्ट मार्फत पक्राउ गरेर स्वेदश ल्याइएका अभियुक्तलाई आज अदालतमा उपस्थित गराइदैछ । आज पारामाटा स्थानीय अदालतमा अभियोगमाथीको प्रारम्भिक सुनुवाई हुनेछ ।

एएफपी कमाण्डर ट्रान्सनेसनल अपरेसन रिचर्ड चिनले एएफपी पूर्वी कमाण्डका खोजकर्ता, अपरेशन गेन र फरार आशंका स्ट्राइक टोली (फास्ट) को लगनशीलताको प्रशंसा गर्नुभएको छ । फौजदारी संहिता १०९५ (Cth) को दफा ३०७ को उपदफा १ विपरीत सीमा नियन्त्रित ड्रग्सको व्यावसायिक मात्रा आयात गरेको आरोप पुष्टि भएमा पक्राउ अभियुक्तमाथी आजीवन कारावासको सजाय हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ