Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमेलबर्नको पेन्टिङ कम्पनीलाई ५७ हजार जरिवाना, यस्तो छ कारण !

मेलबर्नको पेन्टिङ कम्पनीलाई ५७ हजार जरिवाना, यस्तो छ कारण !


मेलवर्न । कामदारलाई कानुन अनुसारको तलब सेवा सुविधा नदिने मेलबर्नको एउटा पेन्टिङ कम्पनी र निर्देशकमाथी ५७ हजार जरिवाना गराइएको छ । फेयरवर्क अम्बुडस्म्यानले दायर गरेको मुद्धामा संघीय अदालतले फैशला गर्दै मेहताब ग्रुप प्रालिलाई ४७ हजार ९५२ जरिवाना र कम्पनीका निर्देशक तथा सेयरहोल्डर विक्रमजीत सिंह खालसालाई ९ हजार ५९० डलर जरिवाना गराएको हो ।

कानुनी व्यवस्थाको उल्लंघन गर्दै कामदारमाथी ठगी गर्ने र फेयरवर्क कमिशनको आदेश पालनामा अटेरी गर्ने कम्पनीविरुद्ध श्रमिकलाई २१ हजार ४९१ क्षतिपूर्ति तिराउन समेत फैशलामा भनिएको छ । भारतीय मुलका विद्यार्थीमाथी कानुनी अधिकार अनुसारलको तलब सेवा सुविधा नदिएको गुनासो आएसँगै फेयरवर्कले अनुसन्धान गरेर अदालतमा मुद्धा दर्ता गरेको थियो । मेहताब समूहको कम्पनीमाथी जरिवानाको अतिरिक्त गैह्रकानुनी बर्खास्ति वापतको क्षतिपूर्ति, अतिरिक्त सेवानिवृत्ति, र कामदारको वार्षिक समेतको गणना गरेर बाँकी तलब सेवा सुविधा भुक्तानी गर्न गराउन समेत अदालले भनेको छ ।

फेयरवर्क अम्बुडस्म्यान सान्ड्रा पार्करले फेयरवर्क कमिसनका आदेश र कानुनहरु उल्लंघन गर्ने जो कोही कारबाहीको दायरामा आउने भन्दै कामदारमाथी ठगि नगर्न सचेत गराउनुभएको छ । पार्करले आफू ठगिएको महसुश भएमा उजूरी गरेर कानुनी अधिकारको खोजी गर्न समेत आग्रह गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ