Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली ध्वजावाहक विमानले जुन २१ बाट काठमाडौं–सिड्नी नियमित उडान भर्दै !

नेपाली ध्वजावाहक विमानले जुन २१ बाट काठमाडौं–सिड्नी नियमित उडान भर्दै !


काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको (नेपाल एयरलाइन्स) ले अबको एकमहिनाभित्रै काठमाडौं– सिड्नी सिधा उडान भर्ने भएको छ । सिड्नीको किङ्सफर्ड स्मिथ अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहिबार र आइतबारको उडानको समय (स्लटं) पाएसँगै बाँकी सबै प्रक्रिया पुरा गरेर जुन २१ तारिखबाट साताको दुईदिन नियमित उडान भर्नेगरि नेपाल वायुसेवा निगमन तयारीमा जुटेको हो ।

नेपालबाट बुधबार र शनिबार उडान भर्ने भएपनि सिड्नी पुग्ने र उडान भर्ने समय बिहिबार र आइतबार हुने निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरे जानकारि दिनुभयो । निगमले वाइडबडी ‘ए’ ३३० जहाजबाट अष्ट्रेलियाको सिड्नीमा सिधा उडान भर्नेछ । सिङ्गापुर र सिड्नी विमानस्थलका लागि एमआरओ (मेन्टेनन्स, मर्मत र अपरेशन) छनोट पुरा गरेर उडान स्लट पाएपनि अवतरण पर्मिटलगायतका थप प्रक्रिया अगाडि बढिरहेको बताइएको छ । सातको दुईदिन उडानका लागि निगमले हाल जिएसए (जनरल सेल्स एजेन्ट) छनोट, सिङ्गापुर र सिड्नीमा इन्धनका लागि कम्पनी छनोटको काम गरिरहेको निगमका सहायक प्रवक्ता घिमिरेले जानकारि दिनुभयो ।

टेक्निकल ल्याण्डिङका लागि सिंगापुरमा केही समय अवतरण गरेर १३ घण्टा २५ मिनेटमा सिड्नी काठमाडौं तय हुने बताइएको छ । यो उडानका क्रममा विमानले ९ हजार ८ सय किलोमिटरको दुरी तय गर्नेछ । उडान समय पाएसँगै निगमले अष्ट्रेलियाली नागरिक उड्डयनसँग उडान अनुमतिका थप प्रक्रियाका लागि आवश्यक कागजात बुझाएको र अहिलेजस्तै प्रक्रिया अघि बढे जुन २१ बाटै र केही ढिलाई भएमा त्यसपछिको एकसाता भित्रमै साताको दुई दिन सिड्नी–काठमाडौं सिधा उडान नियमित हुने बताउनुभएको छ ।

सन २०१९ को एक वर्षमा सिड्नी काठमाडौंको उडानमा १ लाख १९ हजार यात्रुले उडान भरेको रेकर्डका कारण समेत नेपाल एयरलाईन्सले भर्ने उडान सफल र रोमाञ्चक हुनेछ । अष्ट्रेलिया पढ्न जाने विद्यार्थीका लागि त यो उडानले खुसी भर्ने नै बृद्धा बुबा आमाको यात्रा नेपाली विमानका कारण थप सहज र आरामदायी हुने विश्वास गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ