Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअगस्ट २४ देखी २६ तारेखसम्म डार्बिनमा “पासपोर्ट घुम्ति शिबिर”, यसरी लिनसकिन्छ सेवा !

अगस्ट २४ देखी २६ तारेखसम्म डार्बिनमा “पासपोर्ट घुम्ति शिबिर”, यसरी लिनसकिन्छ सेवा !


डार्बिन । अष्ट्रेलियाको नर्दन टेरिटोरीका विभिन्न शहरहरुमा बसोबास गरिरहेका नेपालीहरुको राहदानी नविकरणका लागि “पासपोर्ट घुम्ति शिबिर” आयोजना हुने भएको छ । डार्बिन, क्याथरिन, एलिस स्प्रीङ, टेनन्ट क्रेक क्षेत्रमा बसोबार गर्दैआउनुभएका नेपालीहरुको सुविधाका लागि नेपाली राजदूताबास क्यानबेराले “पासपोर्ट घुम्ति शिबिर” लैजान लागेको हो ।

डार्बिनमा अगस्ट २४ देखी २६ तारेखसम्म आयोजना हुने शिबिरमा सहभागि हुनुपूर्व अनलाईन फारम भर्नुपर्ने छ । अगस्ट १० देखी २५ सम्म अनलाईन फारम भर्ने समय, जुलाई २५ देखी अगस्ट ५ सम्म एनआरएनए नर्दन टेरिटोरी मार्फत फारम र राजश्व कलेक्सनको समय तोकिएको छ । यस्तै, ६ अगस्टदेखी २० अगस्टसम्म राजश्व र राहदानीको फारम एनआरएनए नर्दन टेरिटोरी मार्फत क्यानबेरास्थित नेपाल दूतावासमा पठाईसक्नुपर्नेछ । फारम बितरणको काम भने नेपाल फेस्टिभलपछि मात्रै सुरु हुने एनआरएनए नर्दन टेरिटोरी राज्य संयोजक बिष्णु चापागाईले नेपालट्युबलाई जानकारि गराउनुभएको छ ।

एनआरएनए अष्ट्रेलियाका नर्दन टेरिटोरी राज्य संयोजक बिष्णु चापागाईले नेपाली राहदानी नविकरण गर्नुपर्नेहरुलाई यस्तो शिबिरबारे जानकारी गराउँदै समयमै सहभागिता जनाउन आह्वान गर्नुभएको छ । अष्ट्रेलियाका लागि नेपाली राजदूत बनेर कैलाशराज पोखरेल पुगेसँगै नेपाली समूदायका लागि दूतावासले गर्नुपर्ने काम र सेवा प्रवाहलाई सहज बनाइएको छ ।

दूतावासले विभिन्न कार्यक्रमका साथै राहदानी सेवाका लागि घुम्ती शिबिर, समूदायसँग मिलेर नेपाल चिनाउने अभियानमा सक्रियता जनाइरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ