Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाल महोत्सव डार्बिन : जुन १० मा सगरमाथा अवलोकनको मौका, प्रकाश सपतुको भब्य प्रस्तुती !

नेपाल महोत्सव डार्बिन : जुन १० मा सगरमाथा अवलोकनको मौका, प्रकाश सपतुको भब्य प्रस्तुती !


डार्बिन,अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ नर्दन टेरेटोरीको अयोजनामा डार्विनको वाटरफ्रन्टमा जुन १० मा ‘नेपाल महोत्सव डार्बिन २०२३’ आयोजना हुने भएको छ । एनआरएनए अष्टेलियाको सिंग्नेचर कार्यक्रमका रुपमा आयोजना गरिने महोत्सवको तयारी अन्तिर चरणमा पुगेको गैरआवासीय नेपाली संघ नर्दन टेरेटोरीका संयोजक बिष्णु चापागाईले जानकारि दिनुभएको हो ।

दिउँसो ३ बजेदेखि विभिन्न झाँकीसहितका कार्यक्रम, प्रदर्शनीसहित सुरु हुने नेपाल महोत्सवको अन्त्य चर्चित गायक प्रकाश सपुतसँगै स्थानीय कलाकारको बेजोड सांगितिक प्रस्तुतीपछि राती ९ बजे समापन हुनेछ । वान कन्ट्री मेनी स्टोरिज नारासहित आयोजना हुने महोत्सवमा पहिलो पटक नजिकबाट सर्बोच्च शिखर सगरमाथाको अवलोकन गर्न पाइनेछ । नेपाली धरहराको प्रतिमूर्ति, बौद्ध स्तुपा, नेपाल हाउस, बालबालिकाको लागि विभिन्न गतिविधि, नेपालीपन झल्किने ढुंगेधारा, नेपाली खानाका विभिन्न स्टलहरु मार्फत नेपाली पनको झल्को दिइने संयोजक चापागाईले जानकारि दिनुभएको छ । नेपाल हाउसमा नेपाली जाँतो, मोही पार्ने मदानी, आगो बालेर पकाउने नेपाली चुलो, नेपाली अन्य घरायसी सामगीहरु प्रयोगसहितका प्रदर्शनी हुनेछन ।

अष्ट्रेलियामा नेपाली भाषा, संस्कृतिको प्रबद्र्धन मात्र होइन नेपाल भ्रमण गर्नका निम्ति अभिप्रेरित गर्ने उदेश्यले मेलामा नेपालका विभिन्न पर्यटकीय स्थलहरुको प्रदर्शनीसँगै जानकारी दिनेगरी संयोजक चापागाईले जानकारि दिनुभएको छ । नेपाली समूदायसँगै नर्दन टेरेटोरी सरकार, डार्विन वाटरफ्रन्ट, नेप्लीज एशोसिएसन अफ नर्दन टेरेटोरी, डार्विन हर्टस फुटबल क्लब समेतको सहकार्यमा गैरआवासीय नेपाली संघ नर्दन टेरेटोरीले नेपाल फेष्टिभलको आयोजना गर्न लागेको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ