Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनक्कली शरणार्थी प्रकरण : सरकारी वकिलको कार्यालयमार्फत अदालतमा अभियोजन दर्ता गरिदै !

नक्कली शरणार्थी प्रकरण : सरकारी वकिलको कार्यालयमार्फत अदालतमा अभियोजन दर्ता गरिदै !


काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर भएको अर्बौं ठगी प्रकरणमा बुधबार अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ । अभियोजनका लागि गठित आठ सदस्यीय समितिले प्रहरीले गत सोमबार बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी आज अभियोजनपत्र दर्ता गर्ने तयारी गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउनु पर्ने राय सहितको प्रतिवेदन तीनदिनअघि मात्रै बुझाएको थियो । करिब दुईमहिनाको अनुसन्धान मार्फत प्रहरीले मुद्दा चलाउन सिफारिस गरेका ३३ जना मध्ये १६ जना प्रहरी हिरासतमा छन्, भने १७ जना अहिले पनि फरार रहेका छन् । सोमबार बुझाइएको प्रतिवेदन मार्फत प्रहरीले संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सिफारिस गरेको छ । भुटानी शरणार्थी प्रकरण संगठीत अपराध भएकाले अनुसन्धान सुरु गरेको ६० दिन भित्रमा अभियोजन दर्ता गरिसक्नु पर्ने प्रावधानका कारण आज अभियोजन दर्ता गर्नुपर्ने बाध्यतामा सरकारी वकिलको कार्यालय रहेको छ ।

अनुसन्धान प्रतिवेदनमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायतलाई साढे १८ वर्षसम्मको जेल सजाय र यही प्रकरणबाट जम्मा गरेको सम्पत्ती जफत गर्न माग गरिएको छ । यस्तै अन्य केही प्रतिवादीलाई संगठित अपराध र ठगी कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ