Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजेलबाट छुटेपछि पलको पहिलो ‘म्युजिक भिडिओ’, बलात्कार मुद्दाका घटनाक्रमका कारण चर्चामा !

जेलबाट छुटेपछि पलको पहिलो ‘म्युजिक भिडिओ’, बलात्कार मुद्दाका घटनाक्रमका कारण चर्चामा !


काठमाडौं । जेलबाट छुटेपछि पल शाह अभिनित पहिलो ‘म्युजिक भिडिओ’ सार्वजनिक भएको छ । ‘तिमीलाई हेर्ने बानी पर्‍यो‘’ बोलको गीतगीत पुरानै भए पनि भिडिओका कारण यसले चर्चा बटुलिरहेको छ । सो समाचार तयार पार्दासम्म नयाँ म्युजिक भिडियोले ९ लाख ६८ हजार भ्युज बटुलेको छ ।

प्रेमिल भावमा रचिएको ‘तिमीलाई हेर्ने बानी पर्‍यो‘’ बोलको हिट गीतको फिमेल भर्सनमा पलले अभिनय गरेका हुन् । पलको बलात्कार मुद्दासँग जोडिएको भिडियो मार्फत गीतलार्ई ट्वीस्ट गरिएको छ । पक्राउ परेपछि पललाई प्रहरीले अदालत लैजाँदाको दृष्य जस्ताको तस्तै म्युजिक भिडियोमा उतारिएको छ । पल पक्राउ परेपछि आमा र बहिनी प्रहरी कार्यालय पुगेको दृष्यबाट भिडियो सुरु हुन्छ । त्यसपछि भिडियोमा पलकै वास्तविक जीवनका घटनाक्रमहरु समेटिएका छन् ।

पलको प्रेमिकाको भूमिकामा सनिशा भट्टराईले अभिनय गर्नुभएको छ । जेल जानुअघि पल एकैपटक धेरै युवतीसँग प्रेममा भएपनि छुटेपछि सनिशासँगको प्रेमलाई देखाइएको छ । कुन प्रेमिकाको भूमिकामा अभिनय गरेकी हुन् भन्ने बारे भने खुलाइएको छैन । पल जेलबाट निस्किएपछि आफन्त र शुभचिन्तकले फुलमाला लगाएर स्वागत गरेको, आमाले आरती उतारेको दृष्यहरु भिडियोमा देखाइएका छन् । पलको रिहाइका लागि मस्जिददेखि गुम्बासम्म प्रार्थना गरिएको पनि देखाइएको छ । भिडियोको निर्देशनको भुमिका पल शाह आफैंले निभाउनुभएको छ । पलको बुवाको भूमिकामा प्रकाश अधिकारी, आमाको भूमिकामा सुर्यमाला खनाल र बहिनीको भूमिकामा प्रिन्सु तिवारीले अभिनय गर्नुभएको छ ।

‘तिमीलाई हेर्ने बानी पर्यौ’ गीतको पुरुष भर्सन पुष्पन प्रधानले गाउनुभएको थियो । उक्त गीतमा पनि पलले नै अभिनय गर्नुभएको थियो । ८३ लाखभन्दा बढी भ्यूज पाएको यो गीत समेत पलले आफ्नै नामको च्यानलबाट रिलिज गर्नुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ