Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaप्रसाद–२ फिल्म अष्ट्रेलियाका ४३ वटा सिनेमा हलमा एकसाथ प्रदर्शनीमा

प्रसाद–२ फिल्म अष्ट्रेलियाका ४३ वटा सिनेमा हलमा एकसाथ प्रदर्शनीमा


ब्रिजबेन । अष्ट्रेलियाको ४३ वटा सिनेमा हलमा एकै पटक प्रसाद–२ प्रदर्शनमा आएको छ । इभेन्ट सिनेमाको २० वटा हल, होइट्स सिनेमाको २० वटा र युनाईडेड सिनेमाको ३ वटा हलमा एकै पटक फिल्म प्रदर्शन गरिएको हो ।

तास्मानिया र क्यावबेरा बाहेकका हलहरुमा यो फिल्म प्रदर्शन भैरहेको छ । अष्ट्रेलियामा प्रसाद २ फिल्म ल्याएर बक्स अफिसमा लगाउने चाजोपाँचो नमस्ते इन्टरटेनमेन्टले मिलाएको छ । अष्ट्रेलियाको प्रदर्शनीको अधिकार भने नमस्ते र गोर्खे इन्रटेनमेन्टले संयुक्त रुपमा लिएका छन् । नियमति जस्तै दर्शकहरु हलमा गएर आफूले चाहेको समयको टिकट लिएर नेपाली फिल्म हेर्न पाउँदा सहज भएको नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले जानकारि दिनुभयो ।

अष्ट्रेलियामा नेपाली समूदायको बाक्लो उपस्थिति भएसँगै नेपाली फिल्मको प्रदर्शनी समेत बाक्लिन थालेको छ । यसअघि प्रेम गीत ३ ले पनि अष्ट्रेलियाका बक्स अफिसमा प्रदर्शन गरेर राम्रै सफलता पाएको थियो ।

 

 

 

 

 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ