Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअछामका फुच्चेले स्वीडेनमा उचाले ट्रफी, यस्तो छ सफलताको कथा !

अछामका फुच्चेले स्वीडेनमा उचाले ट्रफी, यस्तो छ सफलताको कथा !


काठमाडौं । नेपालस्थित अछामका रोहित जनाना अप्रिलको अन्तिममा यूरोपमा सम्पन्न नोर्डिक कप जुनियर बक्सिङ प्रतियोगितामा दोश्रो बन्न सफल भएका छन् । यही अप्रिल २९ र ३० मा आयोजना भएको प्रतियोगिताको फाईलमा आयोजक स्विडेनका इलियट हाकान्सनसँग ३–२ को सेटमा पराजित बन्दै मुक्केबाज रोहित दोश्रो बनेका हुन् ।

स्वीडेनमा ६ सय बढी विद्यार्थीबीच दुईवटा रिङमा भएको भब्य बक्सिङ प्रतियोगिता नेपालले जुनियर बक्सिङ ४० केजी तर्फमा मात्रै सहभागिता जनाएको थियो । स्वीडेन, पोल्याण्ड, उज्वेकिस्तान, केही अफ्रिकन राष्ट्र र नेपालसहितका ९ प्रतिस्पर्धी रहेको यो समूहमा नेपालले उपबिजेता बन्दै ठूलो सफलता हात पारेको म्याक्स बक्सिङ प्रमोशनका संस्थापक म्याक्स बस्नेतले जानकारि दिनुभयो ।

यस्तो छ, अछामका रोहितको अवशर र सफलताको कथा
स्वीडेनमा ६ सय बढी विद्यार्थीबीच अप्रिल २९ र ३० मा भब्य बक्सिङ प्रतियोगिताको आयोजना हुने जानकारि पाएसँगै म्याक्स बक्सिङ प्रमोशन नयाँ प्रतिभाको खोजिमा जुटेको थियो । हुनत, सन् २०२२ को फ्रेब्रुअरीबाटै म्याक्स बक्सिङले स्कुल बक्सिङ मार्फत तालिम र प्रतिभाको खोजी सुरु गरेको थियो । काठमाडौंका विभिन्न स्कुलका विद्यार्थीसँगै काठमाडौं बाहिरबाट अछामका रोहित जनाना ललितपुरको इमाडोलमा स्कुल बक्सिङको तालिम र छनौँट प्रतियोगितामा सहभागि भएको म्याक्स बक्सिङ प्रमोशनका संस्थापक समेत रहेका राष्ट्रिय बक्सर म्याक्स बस्नेत स्मरण गर्नुहुन्छ ।

तालिम र छनौँटमा उत्कृष्ठ प्रदर्शनपछि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि रोहित छनौँट भएको म्याक्सले बताउनुभयो । ललितपुरको इमाडोलमा भएको सुपरहिरो स्कुल बक्सिङ कम्पिडिसन, बक्सिङका प्रतिभा खोज्ने, नयाँ युवायुवतीहरुलाई मोबाईल मोहबाट बक्सिङ र खेलकुदतर्फ आकर्षशित गराउने अभियानले ठूलो सार्थकता पाएको बस्नेतको बुझाई छ । जसरी खेल र लगन हेरेर प्रतिभा छानिएको थियो अन्तर्राष्ट्रि मञ्चमा समेत मन जित्नेगरि खेल देखाएको म्याक्स बताउनुहुन्छ । चर्चित बक्सर बस्नेत व्यवस्थापकको भूमिकामा निभाउन रोहितसँगै स्वीडेन पुग्नुभएको थियो ।

म्याक्स बक्सिङ प्रमोशनमार्फत जापान, भारत, बंगलादेश, स्पेन, स्वीडेनमा विभिन्न अन्तर्राष्ट्रि प्रतियोगितामा नेपाली बक्सरले सहभागिता जनाएका छन् । सडक बालबालिकाहरुलाई समेत सुधार गर्ने अभियानमा म्याक्स बक्सिङ प्रमोशनले काम गरेको, अपांगता भएकाहरुलाई प्रोत्साहित गर्न र आशा भर्न ह्विलचियर बक्सिङ प्रतियोगिता आयोजना गर्नेगरिएको बस्नेत बताउनुहुन्छ । राज्यबाट सहयोग नपाएको, सामाजिक अभियानका रुपमा समाजका विभिन्न व्यक्ति र व्यवयासी, साथी भाईहरुको सहयोगमा बक्सिङ अभियान र प्रतिभाको खोजी म्याक्स बक्सिङ प्रमोशनले जारी राखेको छ ।

यहि जुन १६ मा नेपाल र अष्ट्रेलियाबीच समेत बक्सिङ प्रतियोगिता आयोजना हुँदैछ । यो प्रतियोगितामा नेपालबाट अमित थापा सहभागि हुने बताइएको छ ।

गोफण्ड मी मार्फत यसरी थालियो सहयोग संकलन
समस्यमा परेका र साथ सहयोगको खाँचो भएका व्यक्तिहरुलाई विभिन्न माध्यमबाट सहयोग गर्दै आउनुभएका बिपिन कार्कीले नेपाली बक्सरलाई अन्तर्राष्ट्रि मञ्चमा पुर्याउन सहयोग जुटाउने उद्देश्यले गोफण्ड मी अभियान सुरु गर्नुभएको छ । म्याक्स बक्सिङ प्रवद्र्धन सक्रिय म्याक्स बस्नेत र विपिन कार्की मार्फत नेपालका दुर्गम क्षेत्रका उत्साही बालबालिकालाई छनोट गरी अन्तर्राष्ट्रिय स्तरमा सहभागी गराउन सहयोगको अपिल गरिएको छ । तपाई पनि यो सहयोग अभियानमा जोडिन चाहानुहुन्छ भने गोफण्ड मीको यो लिंकमार्फत गर्नसक्नुहुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ