Friday, 3 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलिया पठाइदिने भन्दै ३० लाख ठगी गर्ने युवती पक्राउ

अष्ट्रेलिया पठाइदिने भन्दै ३० लाख ठगी गर्ने युवती पक्राउ


काठमाडौं। अष्ट्रेलिया पठाइदिने भन्दै ३० लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भई हाल काठमाडौं महानगरपालिका–१ लाजिमपाट बस्‍ने २५ वर्षीया सयना लाई ठगीको उजूरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले लाजिमपाटबाट पक्राउ गरिएकी अभियुक्तमाथी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको छ । पीडितहरुबाट पटक पटक गरी ३० लाख रुपैयाँ रकम ठगी गरी सम्पर्कविहीन भएको उजूरी अपराध महाशाखामा परेसँगै टोली नै परिचालन गरेर पक्राउ गरिएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ