Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा नेपालीको घरमा नेपाली युवाहरुकै तोडफोड, एक युवा पक्राउ !

सिड्नीमा नेपालीको घरमा नेपाली युवाहरुकै तोडफोड, एक युवा पक्राउ !


ब्रिजबेन । सिड्नीस्थित एक जना नेपालीको घरमा नेपाली युवाहरुको हुलले तोडफोड, हुलदंगा समेत गरेको पाइएको छ । न्यु साउथ वेल्स प्रहरीका अनुसार नेपाली युवाहरुको हुलले सिड्नीस्थित पारामाटामा रहेको नेपालीको घरमा गएको अप्रिल १७ तारेखमा तोडफोड, हुलदंगा गरेको हो ।

घरमा छिरेको समूहले घरमा रहेकी एक महिलाको हातमा चोट पुर्याएको र उपचारपछि अहिले घर फर्किएको बताइएको छ । ३७ वर्षीया एक नेपाली युवालाई पक्राउ गरेर एफ्रे मुद्धा चलाइएको छ । न्यु साउथ वेल्सको अपराध ऐन १९०० को दफा ९३ सी अनुसारको यो अभियोग पुष्टि भएमा दोषीलाई १० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ । मे २४ मा स्थानीय अदालतमा उपस्थित हुन निर्देशन दिइएको घटना बारे अहिले पनि न्यु साउथ वेल्स प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घर तोडफोड भएका पिडितले नेपालबाट आएका एक गायकको पारिश्रमिक लिने विषयमा विवाद हुदा ती युवाहरु घरसम्मै आएर झगडा गरेको दाबी गरेका छन् । नेपालट्युबको सम्मर्कमा आएका युवाहरुको प्रतिनिधीले भने, गायकको पैसामा कुनै विवाद नरहेको दाबी गरेका छन् । त्यस्तै ती युवकले आफुहरु झगडा गर्न गएको नभई, फोन गरेर बोलाएपछि सल्लाह गर्न मात्र गएको बताए । त्यस्तै आफुहरुले कुटपिट गरेको नभई, ती घरधनीले पहिले नै चारपाच जना मान्छे बोलाएर राखेको र पहिले उनीहरुले कुटपिट सुरु गरेपछि, आफुहरु त्यहाबाट भागेको ती युवाको दाबी छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ