Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबारा २ को उपचुनावबाट जसपा अध्यक्ष उपेन्द्र यादवको संसदमा इन्ट्री

बारा २ को उपचुनावबाट जसपा अध्यक्ष उपेन्द्र यादवको संसदमा इन्ट्री


काठमाडौं । बारा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ। पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरसहित विजेता बन्नुभएको हो ।

यादवले २८ हजार ४१५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले २३ हजार ३३४ मत ल्याउनुभएको छ । यस्तै, नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल १० हजार २१६ मतसहित तेस्रो बन्दा रास्वपाका उम्मेदवार रमेश खरेलले २ हजार ८२९सहित चौथोमा सिमिति हुनुभएको छ । आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार ७३८ मत पाउनुभएको छ ।

गत मंसिर ४ को चुनावमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग दोब्बर बढी मतले पराजित जसपा अध्यक्ष यादव अन्ततः उपचुनावबाट सांसद बन्न सफल हुनुभयो। बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि खाली भएको यो क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन भएको हो।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ