Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsतनहुँ १ को उपनिर्वाचन अपडेट : रास्वपाका डा. स्वर्णिम वाग्ले भारी मतले विजयी

तनहुँ १ को उपनिर्वाचन अपडेट : रास्वपाका डा. स्वर्णिम वाग्ले भारी मतले विजयी


काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी हुनुभएको छ । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७९६ बढी मत ल्याएर डा. वाग्ले विजयी हुनुभएको हो ।

वाग्लेले ३४ हजार ९१८ मत पाउँदा भट्टराईले २० हजार १२२ मत पाउनुभएको छ । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत ल्याएर तेस्रो हुनुभएको छ । राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् । मत गणना सम्पन्न भएपनि निर्वाचन अधिकृतको कार्यालयले मत परिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

यता, चितवन २ को मतगणना अहिले पनि जारी छ । राष्ट्रियस्वतन्त्र पार्टीका सभापति समेत रहेका रवी लामिछानेले ४० हजार ६९ मत ल्याउँदा नेपाली कांग्रेसको जितनारायण श्रेष्ठले ७ हजार ४५८ मतसहित पछ्याइरहनुभएको छ । एमालेका रामप्रसाद न्यौपाने ७ हजार २६७ मत पाउनुभएको छ । रवीको जीत निश्चित जस्तै भएपनि कति मतान्तरको जित भन्नेमा मात्रै प्रतिक्षा बाँकी रहेको छ ।

बारा २ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ९ हजार ९७९ मत ल्याएर अग्रता लिदा जनमतका शिवचन्द्र कुशवाह ६ हजार ७८७ मतसहित पछ्याइरहनुभएको छ । नेकपा एमालेका पुरुषोतम पौडेल ३ हजार ७९२ मतसहित तेश्रो स्थानमा रहदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ हजार ३०९ मत मात्रै ल्याएर चौथो स्थानमा चित्त बुझाउनु परेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ