Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा लोकतन्त्र स्थापनाको १७ वर्ष : व्यवस्था फेरियो, नागरिकको अवस्था फेरिएन !

नेपालमा लोकतन्त्र स्थापनाको १७ वर्ष : व्यवस्था फेरियो, नागरिकको अवस्था फेरिएन !


काठमाडौं । ०६२\०६३ सालको जनआन्दोलनको बलमा नेपालमा लोकतन्त्र स्थापना भएको १७ वर्ष पुगेको छ । यही अवसरमा आज देशभर विविध कार्यक्रम गरी ‘लोकतन्त्र दिवस’ मनाइँदैछ ।

२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो कब्जामा लिएको संसदलाई जनआन्दोलनका बलमा पुनःस्थापित गरेको घोषणा गर्नुभएको थियो । राजाको अधिनमा रहेको संसदीय व्यवस्था फिर्ता भएको सम्झनामा हरेक वर्ष वैशाख ११ मा लोकतन्त्र दिवस मनाउने गरिएको छ । तर नागरिकस्तरमा लोकतन्त्रले परिवर्तनको आभाष गराउन सकेको छैन । जनतामा राजनीतिक व्यवस्थासँगै हरेक क्षेत्रमा सन्तुष्टि भन्दा असन्तुष्टि र गुनासाहरु बढिरहेका छन् । तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा संसद विघटन गरी शासनसत्ता आफ्नो हातमा लिनुभएको थियो । तत्कालीन अवस्था सशस्त्र विद्रोह गरिरहेको नेकपा माओवादी र सडक संघर्ष गरिरहेको सात दलले संयुक्तरूपमा अघि बढाएको जनआन्दोलनका कारण राजा संसद पुनःस्थापना गर्न बाध्य बन्नुपरेको थियो ।

यहि जनआन्दोलनको बलमा नेपालमा गणतन्त्र स्थापना भयो, संविधानसभाबाट संविधान जारी जारी भयो, मुलुक संघीयतामा गयो । र, अहिले नयाँ संरचनाअनुसार देशमा दोस्रोपटक संसदीय चुनाव समेत सम्पन्न भएको छ । तर, अझै पनि धेरै नागरिकले व्यवस्था फेरिए पनि देश र आफ्नो अवस्था उस्तै रहेको भन्दै गुनासो गरिरहेका छन् । नागरिकमा आशा र भरोसा भन्दा निराशा झन्‌झन्‌ बढेको छ ।

दलहरू जनताका माग, मुद्धा, जनजीविका भन्दा बढी सत्ताकेन्द्रित भएकोले नागरिकका दैनिक जनजीवन र आवश्यकता पूर्तिमा महसुस हुने गरीको परिवर्तन नदेखिएको गुनासा छन् । व्यवस्था बदलिय पनि अवस्था बदलियन भन्ने गुनासो ब्याप्त बन्दा राजनीतिक बितृष्णा झनै बढिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ