Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaराजनीतिक प्रतिष्ठाको उपनिर्वाचन : तनहुँमा रास्वपाका वाग्लेको अग्रता, रवीको क्षेत्रमा के होला ?

राजनीतिक प्रतिष्ठाको उपनिर्वाचन : तनहुँमा रास्वपाका वाग्लेको अग्रता, रवीको क्षेत्रमा के होला ?


काठमाडौं । नेपालका तीनवटा निर्वाचन क्षेत्र बारा–२, चितवन–२ र तनहुँ–१ मा भएको उपनिर्वाचनलाई ठूलो राजनीतिक प्रतिष्ठा बनाइएको छ । आइतबार सम्पन्न मतदानको मतगणनापछिको परिणामले बताउनेछ कस्को जित र कस्को हार हुन्छ । तर तनहुँ एक मा भैरहेको मतगणनाको प्रारम्भिक रुझानले राष्ट्रिय स्वतन्त्र पार्टी समर्थकमा खुसीयाली भर्ना अन्य दललाई निरास बनाएको छ ।

तनहुँमा जारी मतगणनाको विहान ८ बजेको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ७ हजार ३९३ मत पाउनुभएको छ । वाग्लेलाई कांग्रेसका गोबिन्द भट्टराईले ३ हजार २३४ मतसहित पछ्याइरहनुभएको छ । तेश्रो स्थानमा रहेर नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार १३४ मत पाउनुभएको छ । यहाँबाट रास्वपा समर्थकको घण्टी बजिरहँदा बारा २ र चितवन २ मा मत गणना कतिबेलाबाट होला भन्ने प्रतिक्षा भैरहेको छ ।

मतदानपूर्व चितवन २ मा पुनः रवि लामिछानेले जितेपनि तनहुँ १ मा गोबिन्द भट्टराई र बारा २ मा जनमतका शिवचन्द्र कुशवाहले जित्ने आँकलन गरिएको थियो । यद्यपी तनहुँको मत शंकेतले तीनवटै निर्वाचन क्षेत्रमा रवी लामिछानेको रास्वपा पार्टीका उम्मेदवारले जित्ने आँकलन गर्न थालिएको छ । चितवन २ मा निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा सभापति रवी माथीको उजूरीको छिनोफानो पछि मात्रै मतगणना गर्ने काग्र्रेसको अडानले प्रभावित भएको छ । यता, बारा–२ मा कुनै बिवाद नभएको र हावा हुण्डरीका कारण सर्वदलीय बैंठक बस्न समय लागेको बताइएको छ ।

ठूलो राजनीतिक प्रतिष्ठा बनाइएका तीनवटा प्रतिनिधि सभा निर्वाचनमा कस्ले बाजी मार्छन ? को हार्छन ? यसका लागि भने अन्तिम मतपरिणाम पर्खिनुपर्नेछ । अहिले तीनवटा निर्वाचन क्षेत्रका मतदातासँगै देशभरका नागरिक यो निर्वाचनको परिणामलाई चासोकासाथ प्रतिक्षा गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ