Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaडिप्लोमा र भाषा पढ्ने विद्यार्थीलाई एनओसी नरोक्न प्रधानमन्त्री प्रचण्डको निर्देशन !

डिप्लोमा र भाषा पढ्ने विद्यार्थीलाई एनओसी नरोक्न प्रधानमन्त्री प्रचण्डको निर्देशन !


काठमाडौं । नेपालबाट विदेशमा डिप्लोमा र भाषा पढ्न जाने विद्यार्थीलाई एनओसी रोक्नेगरि ल्याइएको ‘वैदेशिक अध्ययन स्वीकृती सम्वन्धी निर्देशिका २०७९’ तत्काल कार्यान्वयनमा नल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुभएको छ । नेकपा माओवादी केन्द्रको शैक्षिक परामर्श उपशाखा र विभिन्न परामर्श संघहरुको ज्ञापन पत्र र दबापूर्ण मागपछि प्रधानमन्त्रीले तत्काल निर्देशिका कार्यान्वयनमा नल्याउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।

नेकपा माओवादी केन्द्रको शैक्षिक परामर्श उपशाखा प्रमुख ज्ञानेन्द्रमान जोशीले आफूहरुले ज्ञापन पत्र बुझाएपछि प्रधानमन्त्री प्रचण्डले टेलिफोन गरेर निर्देशन दिएको जानकारि दिनुभयो । अहिले पनि एनओसी नरोक्न माग गर्दै विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन भने विभिन्न शैक्षिक परामर्श दाताहरुका संघ संगठनले मन्त्रालयमा पुगेर आफूहरुका मागसहित परिमार्जन गरेर मात्रै निर्देशिका कार्यान्वयन गर्न दबाब दिएका छन् । प्रधानमन्त्री प्रचण्डको सचिवालयले समेत एनओसी सम्बन्धी निर्देशिका परिमार्जन बारे प्रधानमन्त्री सकारात्मक रहेको र निर्देशन कार्यान्वयनको चरणमा रहेको जानकारि गराएको छ ।

डिप्लोमा, एडभान्स डिप्लोमा र भेट कलेज शिक्षाका लागि विदेश पढ्न जाने विद्यार्थीलाई नो अब्जेसन सर्टिफिकेट (एनओसी) रोक्नेगरि ल्याइएको ‘वैदेशिक अध्ययन स्वीकृती सम्वन्धी निर्देशिका २०७९’ कार्यान्वयनमा आउँदा नआउँदै बिरोध सुरु भएको थियो । मन्त्रालय केही बुदामा संशोधन गरेर कार्यान्वयनमा लैजाने अडानमा रहँदा विद्यार्थी र शैक्षिक परामर्शको क्षेत्रमा क्रियाशिल संघ संगठनले संवैधानिक हक खोस्न नहुने दाबी गर्दैआएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ