Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रकाश सपूतको चर्चितसँगै बिवादित गीत, ‘सकम्बरी’ ले पायो युटुवमा करोड बढी भ्यूज !

प्रकाश सपूतको चर्चितसँगै बिवादित गीत, ‘सकम्बरी’ ले पायो युटुवमा करोड बढी भ्यूज !


काठमाडौं । गायक प्रकाश सपूतको चर्चितसँगै बिवादित बनेको गीत ‘सकम्बरी’ ले युटुवमा करोड भ्यूज कटाएको छ । युट्यूबमा रिलिज भएको सातौं दिनमै गीतले एक करोड भ्यूज बटुलेर चर्चा कमाएको हो ।

यो समाचार तयार पार्दा सम्म युटुवमा सकम्वरी हेर्नेको संख्या १ करोड १० लाख बाट उकालो लागेको छ । सर्वाधिक छिटो करोड भ्यूजको कीर्तिमान यसअघि पनि सपूतकै नाममा रहेको थियो । यसअघि उनको गीत ‘पीर’ ले सात दिनमा करोड भ्यूज कटाएको थियो । ‘पीर’ गीतको भिडिओ विवादमा आएपछि सपुतले त्यसलाई युट्यूटबाट हटाएर सम्पादनसहित अर्को भिडिओ हालेका थिए । अर्को भिडिओले भने करोड भ्यूज पाउन सकेको थिएन । यता, सकम्बरी गीत युट्यूबमा रिलिज गरेको २४ घन्टाभित्रै नेपालको ट्रेन्डिङ नम्बर १ मा आएको थियो । अहिले पनि १ नम्बर मै रहेको गीतले टिकटकमा एकछत्र राज गरिरहदा बिवादको समेत उत्तिकै सामना गर्नुपरेको छ ।

रात्रीकालिन व्यवसायी संघले विज्ञप्ती नै निकाले गीतका गतिपय दृश्यमाथी आपत्ति जनाएको छ । गायक सपुतले अमेरिकाबाटै बिवाद र चर्चाको शिखरमा रहेको गीत र प्रतिक्रिया बारे सामाजिक सञ्जाल मार्फत जवाफ दिएका छन् । गीतलाई मुर्तता दिन रात्रीकालिन व्यवसायको साहारा लिएर छायांकन गरिएको भएपनि एउटा पाटोका बिक्रितिलाई नभई समग्र समाजका बिक्रितिलाई गीतको माध्यमबाट उजागर गर्ने प्रयास गरिएको सपुतले जिकिर गरेका छन् । गीतका कतिपय दृश्यले कुनै क्षेत्रलाई असर परेको भएमा क्षमा चाहान्छुभन्दै माफी समेत मागेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ