Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeEntertainmentविवाद र बहसमा प्रकाश सपुतको गीत ‘सकम्बरी’ ! (भिडियोसहित)

विवाद र बहसमा प्रकाश सपुतको गीत ‘सकम्बरी’ ! (भिडियोसहित)


काठमाडौं । प्रकाश सपुतको शब्द, संगीत तथा स्वरमा रहेको गीत ‘सकम्बरी’ प्रकाश सपुत अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएदेखी यतिबेलासम्म चर्चाको केन्द्रमा छ । चारदिनअघि सार्वजनिक यो गीतमाथी कतिपयले नारीको चरित्रमा प्रश्न उठाइएको भन्दै बिरोध गर्दा कतिपयले गीत यथार्थपरक रहेको भन्दै सपुतको समर्थन गरिरहेका छन् ।

कानमा झुम्काना तिम्लाई कल्ले किन्दियो
नाकको बुलाकी तिम्लाई कल्ले किन्दियो
पाउमा लाको पाउजु
हातमा सुनको चुरा
तिमीलाई कल्ले किन्दियो‘’

यो भाव र शब्दबाट उठान भएको गीतले महिलालाई होच्याएको भन्दै सामाजिक सञ्जालमा विरोध भैरहेको छ । पारिजातद्वारा लिखित चर्चित उपन्यास शिरिषको फूलको शीर्ष पात्रको नामलाई लिएर सपुतले पात्र स्थापना गरेको दाबी गरिदैगर्दा सकम्बरीको चित्रण गीतमा उपयुक्त नभएको भन्दै बिरोध समेत भैरहेको छ ।

यो आरोप–प्रत्यारोपका बीचमा चारदिनअघि रिलिज भएको यो गीत नेपाल युट्युब ट्रेन्डिङको शीर्षस्थानमा छ । यो समाचार तयार पार्दासम्म ‘सकम्बरी’ लाई करिब  ६४ लाख पटक हेरिएको छ । हुन त सपुतले अघिल्लोपटक ल्याएको गीत ‘पीर’ ले पनि चर्चासँगै माओवादी पार्टीको कोणबाट विरोध झेल्नुपरेको थियो ।

गीतमाथी उठेका प्रश्नमा यस्तो छ सपुतको प्रतिक्रिया
खासमा सकम्बरी अर्थात फूलमाया पात्रमार्फत पुरुष चरित्रहरुलाई राम्री केटी देख्ने वित्तिकै हामीमा आउने दृष्टिकोण र अहिलेको समाजका केही महत्वाकांक्षी महिलालाई प्रस्तुत गरिएको प्रकास सपुतको जिकिर रहेको छ । एउटा महिलालाई देहब्यापारमा लागेको विषयमाथीमात्रै केन्द्रीत भएर प्रश्न उठाइरहदा हामीले महिलाको नैतिकता र चरित्रमाथि औंला उठाउने पुरुषलाई समेत विश्लेषण गर्नुपर्नेमा सपुतले जोड दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ