Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia“जुनेली रात ” मा रोहित सिंह थापा र दुर्गाको रोमान्स !

“जुनेली रात ” मा रोहित सिंह थापा र दुर्गाको रोमान्स !


ब्रिजबेन । अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आउनुभएका रोहित सिंह थापाले नेपाली नयाँ वर्षको अवशर पारेर पहिलो सांगितिक कोसेली जुनेली रात सार्वजनिक गर्नुभएको छ । रोहितसिंह थापा अफिसियल युट्युब च्यानलबाट अप्रिल १४ अर्थात नेपाली नयाँ वर्ष बैशाख १ गते जुनेली रात सार्वजनिक गरिएको हो ।

कल्याण सिंहको संगीत, रोशन श्रेष्ठको लय रहेको गीतमा स्वरसँगै मोडलिङको भुमिका रोहित सिंह थापाले निभाउनुभएको छ । रोहितलाई मोडलिङमा दुर्गा भण्डारीले साथ दिनुभएको छ ।

मेलवर्नका विभिन्न रमणिय स्थलमा पुगेर तयार पारिएको म्युजिक भिडियोको निर्देशकका रुपमा ज्ञानु श्रेष्ठले अब्बल भुमिका निभाउनुभएको छ । सुन्दर दृश्यलाई छायांकनमार्फत पस्कन ग्यान्योन श्रेष्ठले साथ दिनुभएको छ । पोष्ट प्रोडक्सनको काम जि क्रियशनले गरेको छ ।

गायक तथा मोडल रोहितले सांगितिक क्षेत्रमा रुचि र लगाव भएपनि विविध कारणले सक्रिय बन्न नसकेको जानकारी गराउँदै अब कला क्षेत्रमा पनि सक्रिय हुने बताउनुभएको छ ।

२००९ फेब्रुअरी १४ मा काठमाडौंको बालाजुबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया पुग्नुभएका रोहित सिंह थापा हाल मेलबवर्नमा बस्दैआउनुभएको छ । यो लिंक मार्फत जुनली रात म्युजिक भिडियो हेर्नसक्नुहुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ