Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia“जिद्धि छ मन” म्युजिक भिडियो सार्वजनिक,अष्ट्रेलिया बस्ने रजिस्टर नर्स अञ्जुको बेजोड अभिनय

“जिद्धि छ मन” म्युजिक भिडियो सार्वजनिक,अष्ट्रेलिया बस्ने रजिस्टर नर्स अञ्जुको बेजोड अभिनय


काठमाडौं । “जिद्धि छ मन” बोलको नयाँ गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ । अस्मिता अधिकारी र बिशाल निरौँलाको स्वर, अञ्जु अधिकारी र नवराज उप्रतीको अभिनय रहेको म्युजिक भिडियो केही दिन अघि मात्रै त्रिपल ए म्युजिक अफिसियल युट्युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

यो म्युजिक भिडियोको निर्देशकका रुपमा मौसम हिमालीले भुमिका निभाउनुभएको छ । अधिकांश कलाकार नेपालमै रहेपनि मोडलिङमा भुमिका निभाउने अञ्जु अष्ट्रेलियामा हुनुहुन्छ । म्युजिक भिडियोको छायांकन सिन्धुपाल्चोक जिल्लाको मुडे र दोलालघाट क्षेत्रमा भएको छ । सार्वजनिक भएको ५ दिनमै यो म्युजिक भिडियोलाई करिब २ लाख जनाले हेर्नुभएको छ ।

अष्ट्रेलियामा रजिस्टर नर्सका रुपमा क्रियाशिल अञ्जु मोडलिङमा समेत जम्दै
जिद्धि छ मन म्युजिक भिडियोमा मोडलिङ गर्नुृभएकी अञ्जु नेपालस्थित चितवनको भरतपुरबाट १० वर्षअघि अष्ट्रेलियाको मेलवर्न पुग्नुभएको थियो । उच्च शिक्षाका लागि अष्ट्रेलिया पुग्नुभएकी अधिकारी अहिले रजिस्टर नर्सका रुपमा समेत कार्यरत हुनुहुन्छ । तर कलाकारिताको क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।

यसअघि समेत उहाँले तिज गीत नाचौँ साथी हो, एक, दुई तीन चार पाँच बोलको तिज गीत, खोलिको पानी, जोगी बनायौँ जस्ता गीतको म्युजिक भिडियोमा बेजोड अभिनय गर्नुभएको छ ।

अष्ट्रेलियामा उच्च शिक्षा र शिक्षा अनुसारको पेशामा सक्रिय भएपनि कलाकारिता समेतलाई निरन्तरता दिनेहरु पछिल्लो समयमा धेरै छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ