Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaरारा चाउचाउको विज्ञापन खेल्ने फुच्चे, अष्ट्रेलियामा यस्ता भएछन् । यसरी बनेको रहेछ भिडियो

रारा चाउचाउको विज्ञापन खेल्ने फुच्चे, अष्ट्रेलियामा यस्ता भएछन् । यसरी बनेको रहेछ भिडियो


ब्रिजवेन/ ९० को दशकमा नेपाल टेलिभिजनको पर्दामा खुब बज्थ्यो, रारा चाउचाउको विज्ञापन ‘आर ए आर ए रारा मिठो भन्छन् सारा’ । त्यति बेलाका भिसिडी क्यासेटमा रेकर्ड गरिएका सिनेमा र भिडियोहरुमा समेत यो विज्ञापन राखिएकाले यसको लोकप्रियता झनै बढेको थियो । स्कुलका केटाकेटीहरुले रमाइलो गर्दै खेलेको तथा राइम जस्तो सुनिने भएकाले त्यति बेला यो विज्ञापनले धेरैको ध्यान खिचेको थियो । ३१ वर्ष अघि अर्थात २०४८ साल तिर खिचिएको यहि चर्चित विज्ञापनमा खेल्ने मुख्य बालक अष्ट्रेलियाको एडिलेडमा भेटिएका छन् ।

‘हे हे रारा चाउचाउ ‘भन्दै सेफको रुपमा देखिने ती लक हुन् नारायणगढका आशिष वाग्ले । केही दिन अघि फेसबुकमा भडियो सार्वजनिक गरेर आशिषले फाइनल्ली भेटिएको भन्दै खुसी साट्नुभएको छ । उक्त भिडियो सुटिङ भएको बेला आफु १२ वर्षको मात्र रहेको र कक्षा ७ मा पढिरहेको वाग्लेले नेपालट्युबलाई बताउनुभयो ।
उज्जव घिमिरेले निर्देशन गरेको यो विज्ञापन त्यतिबेला काठमाडौंको नागपोखरीमा रहेको एलिट को एड विद्यालय र र कान्तिपथको फुजी रेष्टुरेन्टमा खिचिएको थियो ।

आशिष अध्ययनका लागि यहि विद्यालयको होस्टेलमा बस्नुहुन्थ्यो । एक दिन रारा चाउचाउको विज्ञापन आफ्नो विद्यालयमा सुटिङ्ग हुने भएपछि प्रिन्सिपल म्याडमले आफुलाई पनि छनोट गरेको आशिषले सम्झिए । ‘मलाई किन छनोट गर्नुभयो याद छैन’- आशिषले भन्नुभयो -‘तर सुटिङ गर्दा निकै रमाइलो भयो ।’
विज्ञापनमा खेलेर पारिश्रमिक नपाएपनि, खुब चाउचाउ भने खाएको आशिषले बताउनुभयो । विज्ञापन बज्न थालेपछि गाउघर तिर आशिषलाई रारा चाउचाउ भनेर समेत बोलाउन थालिएको थियो ।

‘निकै लामो प्रयास गर्दा पनि विज्ञापन भेटेको थिईन’- आशिषले भन्नुभयो -‘मैले त आश नै मारिसकेको थिए, देवराज कँडेल भन्ने भाईले केही दिन अघि भिडियो खोजेर दिएपछि म निकै खुसी भएको छु ।’
हाल आशिष विगत केही वर्षदेखि अष्ट्रेलियाको एडिलेडमा परिवारसंगै बस्दै आउनु भएको छ । एक सन्तानका पिता आशिषले हाल एडिलेडमा बुमर्याङ्ग भन्ने कन्सल्टेन्सी चलाउनुहुन्छ ।

रारा चाउचाउको त्यो पुरानो विज्ञापन यस्तो छ ।

(183) RARA Chau Chau Instant Noodles Old Advertisement – YouTube


ट्याग : #aashish wagley, #noodle, #rara
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ