Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसफायरले चुम्यो मेट्स इन्टरनेशनल टि २० कपको उपाधी

सफायरले चुम्यो मेट्स इन्टरनेशनल टि २० कपको उपाधी


ब्रिजवेन/आइतबार सम्पन्न भएको मेट्स इन्टरनेशनल टि २० क्रिकेटको उपाधी ब्रिजवेनको सफायर नेपलिज स्ट्राइकले जितेको छ । फाइनलमा नेपलिज राइनो क्रिकेट क्लबलाई ६ विकेटको फराकिलो अन्तरले हराउदै सफायर विजयी भएको हो ।

ब्रिजवेनको कोल वाट्सा ओभल मैदानमा भएको खेलमा राइनोले २० ओभर खेल्दा ९ विकेट गुमाउदै १ सय १९ रन जोडेको थियो । सफायरले ४ विकेट गुमाउदै १ सय २० रनको लक्ष्य हासिल गरेको थियो । सफायरलाई खेल जित्नका लागि निश्चल आचार्यले ४४ रनको योगदान दिएका थिए ।

विजयी टिमलाई तक्मा, शिल्ड र ४ हजार डलर नगद पुस्कार दिइएको छ । त्यस्तै दोस्रो हुने टिमका खेलाडीले समेत तक्मा, शिल्ड र २ हजार डलर नगद पाएका छन् । राइनो क्रिकेट क्लबका नबिन शाही म्यान अफ द सिरिज तथा वेष्ट ब्याट्स म्यान बनेका छन् । उनले दुबै विधामा गरी १२ सय ५० डलर नगद पुरस्कार समेत पाएका छन् । त्यस्तै वेष्ट बलरको उपाधी भने सफायरका हेमन्त भट्टले पाएका छन् ।

गत अक्टोबर ९ तारिखबाट हरेक दोस्रो आइतबार खेल हुदै आएको थियो । यसपाली ब्रिजवेन, टोअम्बा र सनसाइनकोष्टका ११ नेपाली टिम प्रतियोगितामा सहभागी भएका थिए । खेलमा २ सय भन्दा बढी खेलाडी सहभागी भएका थिए । विगत ३ वर्षदेखि क्युइन्सल्याण्ड नेपलिज क्रिकेट एशोसियसन क्युएनसिएले टि २० कपको आयोजना गर्दै आइरहेको छ । यसपालीले मेट्स् इन्टरनेशनल कन्सलटेन्सीले प्रतियोगिताको प्रायोजन गरेको थियो । क्युएनसिएका अध्यक्ष नारायण कोइरालाले खेलकुदका माध्यमबाट समाजमा आपसी भाइचार बढाउन तथा क्रिकेटमा भविष्य खोजिरहेकाहरुलाई अवसर प्रदान गर्न प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ