Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालमै सम्भव छ : ८ वर्ष अष्ट्रेलिया बसेर नेपाल फर्किएका पल गुरुङको सफलताको कथा

नेपालमै सम्भव छ : ८ वर्ष अष्ट्रेलिया बसेर नेपाल फर्किएका पल गुरुङको सफलताको कथा


काठमाडौं । स्वदेशमा राम्रो रोजगारी नपाउँदाको पीडा सायदै नेपाली नागरिकले जति अरु कसैले भोग्नुपरेको छैन होला । अहिले पनि यहिकारण दैनिक २ हजार हाराहारी युवाहरु उज्जवल भविश्यको सपना बोकेर बिदेश उडिरहेका छन् । काम खोज्दै बाहिरिने कतिपय विदेशमै भौतारिकता छन त कतिपय स्वदेश फर्किएर सफलताको उचाई चुमिरहेका छन् ।

अष्ट्रेलियाबाट स्वदेश फर्किएर ठूलो सफलता
पछिल्लो समय धेरैका लागि उच्च शिक्षासँगै राम्रो कमाई गर्ने सपनाको देश बनेको छ अष्ट्रेलिया तर यहि देशमा ८ वर्ष बसेर १२ वर्ष अघि नेपाल फर्किएका धादिङका पल गुरुङले सबैलाई चकित पार्नेगरि सफलता हासिल गर्नुभएको छ । १२ वर्ष अघि डिस्कोभरी वल्र्ड ट्रेकिङ कम्पनी स्थापना गरेर ट्रेकिङ व्यवसायमा संलग्न गुरुङ आफ्नो कम्पनीमार्फत ७० जनालाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगार बनाएको बताउनुहुन्छ । गुरुङको डिस्कोभरी वल्र्ड ट्रेकिङ कम्पनीमार्फत वार्षिक ६ देखी ७ सय विदेशी हिमाल लगायतका पर्यटकिय क्षेत्रमा पुग्नेगरेका छन् ।

अहिलेभन्दा ठिक २० वर्ष अघि उच्च शिक्षासँगै सफलताको सपना बुनेर अष्ट्रेलिया पुग्नुभएका पलले सेफसँगै टुरिजम र हस्पिटालिटिको क्षेत्रमा काम गरेर लामो अनुभव हासिल गरेको स्मरण गर्नुभयो । अष्ट्रेलिया जानु अघिदेखी नै ट्रेकिङमा क्रियाशिल उहाँले रक क्लाइम्बिङ लगायतको अनुभव र सिकाई अष्ट्रलिया बसाईबाट हासिल गरेको बताउनुहुन्छ ।

अष्ट्रेलियामा रहदा टुनु गुरुङ दाईको साथ सहयोग स्मरणिय रहेको बताउँने पल नेपाल फर्किएपछि दाई कुलबहादुर गुरुङको साथ सहयोगमा सफलताको उचाई चुमेको बताउनुहुन्छ । । अष्ट्रेलियामा गरेजस्तो मेहनत र दुःख नेपालमै गर्न सकेमा सफलता सम्भव हुने उहाँको बुझाई छ ।

नेपालमा मेहन गर्ने, केही गर्छु भन्नेहरुलाई साथ सहयोग दिने भन्दा गफाडीहरुको जमात ठूलो भएको पलको बुझाई छ । नेपालमा केही गर्छु भन्ने सकारात्मक सोच बनाएर स्वदेश फर्किन विदेशमा रहेका युवाहरुलाई उहाँले आग्रह गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ