Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा यी व्यक्तिबाट सुरक्षा जोखिम, गुप्तचर प्रमुख बर्गेसको यस्तो चेतावनी

अष्ट्रेलियामा यी व्यक्तिबाट सुरक्षा जोखिम, गुप्तचर प्रमुख बर्गेसको यस्तो चेतावनी


ब्रिजबेन । अष्ट्रेलियाको गुप्तचर निकाय (एएसआईओ) का प्रमुख माइक बर्गेसले सञ्चारकर्मी, सैन्य क्षेत्रका विज्ञ, कानुन व्यवसायीहरु विदेशी जासुसी एजेन्सीमार्फत प्रयोग हुने गरेको खुलाशा गर्नुभएको छ । गुप्तचर प्रमुख बर्गेसले मंगलबार राती एक अभिव्यक्ति दिदै विदेशी खुपिया जासूसहरुले विभिन्न पेशाकर्मीलाई प्रयोग गरेको पाइएपनि एएसआईओले निस्तेज पार्ने चेतावनी दिनुभएको हो ।

गत वर्ष अष्ट्रेलियाबाट जासुसको सक्रियता निस्तेज पारिएको दाबीसहित बर्गेसले अष्ट्रेलियामा पत्रकार, सैन्य दिग्गज र न्यायिक व्यक्तित्वहरूलाई निशाना बनाउन थालिएको बताउनुभयो । पूर्व सैन्य कर्मचारीहरू समेत विदेशी जासुसीका रुपमा प्रयोग भएको तर्फ लक्षीत गर्दै बर्गेसले चेतावनी दिनुभएको थियो । एएसआईओ आफ्नो ७४ वर्षे इतिमासमा सबैभन्दा बढी व्यस्त र परिपक्व भएको दाबीसहित गुप्तचर प्रमुख बर्गेसले हिंसात्मक अतिवाद टिक्न नदिइने जिकिर गर्नुभयो ।

केही वर्ष पहिले पत्रकार, सैन्य दिग्गज र न्यायिक व्यक्तित्वहरूलाई गोप्य रुपमा तालिमसहित जासूसीमा प्रयोग गरिएको र अहिले आफूहरुले निस्तेज पारेको गुप्तचर प्रमुख बर्गेसले खुलासा गर्नुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ