Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाल फेस्टिभल : अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपालको झल्को (फोटो फिचर)

नेपाल फेस्टिभल : अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपालको झल्को (फोटो फिचर)


ब्रिजबेन । अष्ट्रेलियाको क्यानबेरामा पहिलो पटक आयोजना गरिएको नेपाल फेस्टिभल क्यानबेरा–२०२३ भब्य बनेको छ । नेपाली कता संस्कृति, खानपान, भेषभुषा र मौलिकताको प्रबद्र्धन गर्ने उद्धेश्य राखेर पहिलोपटक क्यानबेरामा आयोजना गरिएको फेस्टिभलले सिंगो नेपालको झल्को दिएको छ ।

कोमनवेल्थ पार्कमा आयोजना भएको फेस्टिभल अन्तर्गत बिहान साढे १० बजेबाट परेड सुरु भएको थियो । परेडमा अष्ट्रेलियामा रहेका विभिन्न नेपाली सघंसंस्थाहरुको सहभागितासँगै अष्ट्रेलियनहरुको समेत बाक्लो सहभागिता रह्यो । फेस्टिभलमा १५ बढी देशका राजदुत, क्यानबेरा राज्यका मन्त्री, सांसदहरुको उपस्थिति भएको छ ।

स्थानीय कलाकारका साथै भ्वाईस अफ नेपालको समुहले बेजोड सांगीतिक प्रस्तुतीले फेस्टिभललाई संगितमय बनाएको थियो । फेस्टिभलमा १५ हजार बढीको सहभागिता भएको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् क्यानबेरा राज्य सयोंजक अशोक बस्नेतले जानकारि दिनुभएको छ ।

फेस्टिभलमा विभिन्न प्रतिभाहरुको सांस्कृतिक कार्यक्रमसँगै नेपालको कला तथा संस्कृति झल्काउने डिस्प्ले, नेपाली परिकारको फुडस्टल, बालबालिकाहरुले रमाईलो खेलको मज्जा लिएका छन् । नेपाली पहिचानलाई विश्वमाझ पुर्याउने अभियानका रुपमा नेपाल फेस्टिभललाई भब्य बनाउन साथ दिने सबैप्रति क्यनवेरा राज्य संयोजक बस्नेतले धन्यवाद दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ