Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमेलबर्न विश्वविद्यालयविरुद्ध अदालतमा मुद्धा, अभियोग पुष्टि भए ७ लाख जरिबाना !

मेलबर्न विश्वविद्यालयविरुद्ध अदालतमा मुद्धा, अभियोग पुष्टि भए ७ लाख जरिबाना !


ब्रिजबेन । अष्ट्रेलियास्थित मेलबर्न विश्वविद्यालयले कर्मचारीमाथी ठगि गरेको भन्दै संघीय अदालतमा मुद्धा दर्ता गरेर कानुनी कारबाहीको प्रक्रिया अघि बढेको छ । फेयरवर्क अम्बुडस्म्यानले कला संकायमा कार्यरत आकस्मिक कर्मचारीलाई कम पारिश्रमिक दिइएको, र गलत वा भ्रामक रेकर्डहरू मार्फत ठगी गरेको अभियोगमा संघीय अदालतमा आरोप पत्र दर्ता गरेसँगै कानुनी कारबाहीको प्रक्रिया अघि बढेको हो ।

शिक्षकहरुको तलब र सेवा सुविधा उपलब्ध गराउने क्रममा १४ जना शिक्षक कर्मचारीमाथी कानुन अनुसार भुक्तानी नदिएर फेयर वर्क ऐन उल्लंघन भएको अदालतमा दर्ता गरिएको आरोप पत्रमा उल्लेख गरिएको छ । २०१७ फेब्रअरीदेखी २०१९ डिसेम्बरसम्मको तलब सेवा सुविधामाथी ठगि भएको दाबीसहित अभियोग पत्र दर्ता गराएको दाबी गर्दै फेयरवर्क अम्बुडस्म्यान सान्ड्रा पार्करले अदालतको कारबाहीले विश्वविद्यालय क्षेत्र पनि नियामकको प्राथमिकतामा रहेको सन्देष जाने र मनोमानीमा सुधार हुने बताउनुभएको छ । शिक्षक र कर्मचारीको काम गरेको समयअवधी समेत लुकाइएको अनुसन्धान अधिकारीहरुले बताएका छन् । १४ जना कर्मचारीहरूलाई भुक्तानी दिनुपर्ने मध्ये एक लाख ५४ हजार ४२४ कम भुक्तानी गरिएको प्रतिव्यक्ति ९ सय २७ देखि ३० हजार १४० डलरसम्म ठगी भएको फेयरवर्क इन्सपेक्टरको अनुसन्धानबाट खुलेको छ ।

शिक्षकको तलब सेवा सुविधामाथी भएको ठगी उपर ६ लाख ३० हजार दण्ड र मेलबर्न विश्वविद्यालयले गरेको प्रशासनिक कमजोरी उपर थप ६३ हजार डलर जरिवानाको माग दाबी अभियोग पत्रमा गरिएको छ । मेलबर्नको संघीय अदालतले सुनुवाइको मिति तोक्न बाँकी रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ