Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaतपाई आवेग रोक्न नसकेर हिंसामा संलग्न त हुनुहुन्न ? यसरी रद्ध हुनसक्छ भिषा !

तपाई आवेग रोक्न नसकेर हिंसामा संलग्न त हुनुहुन्न ? यसरी रद्ध हुनसक्छ भिषा !


ब्रिजबेन । तपाई रिस र आवेगलाई आफ्नो वसमा राख्न नसकेर घरेलु हिंसा र कुटपिटमा संलग्न र बद्लाको भावना बोकेर अघि बढिरहनुभएको त छैन ? एकपटक गम्भिर भएर आफ्नो आनीबानी बारे सोच्नुहोला । यदि बेलैमा आफूमा सुधार ल्याउन सक्नु भएन भने अष्ट्रेलिया छाड्नुपर्ने अवस्थाको समेत सामना गर्नुपर्ने हुनसक्छ ।

अष्ट्रेलियामा घरेलु हिंसा, झै–झगडा र कुटपिटमा संलग्न भएको अभियोगमा भिषा रद्ध हुने दर बढ्दो क्रममा रहेको पाइएको छ । अष्ट्रेलियाको गृह विभागको पछिल्लो तथ्यांक अनुसार समग्रमा विभिन्न कसुरका कारण भिषा रद्ध हुने दर घट्दो देखिएपनि घरेलु हिंसा र कुटपिटका कारण भिषा गुमाउनेहरु धेरै रहेका छ । आर्थिक बर्ष २०२१/०२२ मा मात्रै घरेलु हिंसाका कारण ४० र कुटपीट झैझगडाका कारण ३९ जनाको अष्ट्रेलियन भिषा रद्ध भएको छ । अघिल्लो वर्ष समेत ९ सय ४६ जनाको भिषा रद्ध भएकोमा ७७८ जनाको भिषा रद्धका लागि गृह विभागमा निवेदन परेको छ । यसरी भिषा रद्ध हुने र निवेदन पर्नेमा कतिपय नेपाली मुलका समेत रहेको पाइएको छ । यद्यपी सरकारी तबरबाट पहिचान खुलाइएको छैन ।

आर्थिक वर्ष २०१६/०१७ मा भिषा र आवेदन रद्ध उच्च रहेको अष्ट्रेलियामा पछिल्लो आर्थिक वर्ष २०२१/०२२ मा ३९० वटा भिसा र ६५ वटा आवेदन रद्धको निवेदन परेका छन् । यसरी सबैभन्दा बढी १४२ वटा भिषा रद्ध न्यु साउथ वेल्स राज्यमा र सबैभन्दा कम १० वटा भिसा रद्ध नर्दन टेरिटोरी, अष्ट्रेलियन क्यापिटल रेरिटोरी र तास्मानीय राज्यमा भएका छन् । मेलबनस्थित आप्रबासी कानुनका क्षेत्रमा क्रियासिल कानुन व्यवसायी टुनु घोताने अष्ट्रेलियामा व्यक्तिको चालचन महत्वपूर्ण हुने बताउनुहुन्छ । १२ महिना बढी जेल सजाय भएको केसमा सोझै भिषा रद्ध हुने र इमिग्रेसन अफिसरले व्यक्तिको चालचलनमा प्रश्न उठाउँदै भिषा रद्ध गर्न सक्ने कानुनी अधिकार रहेकोले सामान्य आवेगले जोखिममा नपर्न घोतानेले सबैलाई सुझाब दिनुभएको छ ।

सामान्य आवेग र कुण्ठालाई रोक्न नसक्दा विश्वभार नै भिसा रद्धको सामना गर्नुपर्नेहरु बढिरहेका छन् । घरेलु हिंसा, झै–झगडा र कुटपिटमा संलग्नहरुको भिसा रद्ध हुने क्रम समेत बढ्दो देखिएको छ । तपाईले सामान्य आवेगलाई रोक्न नसक्दा कतै अष्ट्रेलिया नै छाड्नुपर्ने अवस्था त आउँदैछ ? बेलैमा सचेत बन्नुपर्ने देखिएको छ । अस्थायी र स्थायी दुबै भिषा वाहकले आफ्नो चालचलनमा ध्यान दिनुपर्ने हुन्छ ।

भिष र आवेदन रद्ध बारेको थप जानकारिका लागि अष्ट्रेलियाको गृह विभागको यो लिंकमा जानुहोस ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ