Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजवेन आइपुग्यो नेपथ्य

ब्रिजवेन आइपुग्यो नेपथ्य


ब्रिजेवन/नेपालको लोक रक ब्याण्ड नेपथ्य अष्ट्रेलिया सांगीतिक यात्रामा छ यतिबेला । यात्राको तेस्रो कन्सर्टका लागि नेपथ्य टोली हिजो राति ब्रिजवेन आइपुगेको छ ।  स्वागतका लागि आयोजक लाखे र माउण्ट ८८४८ इभेन्टसका प्रतिनिधीहरु विमानस्थलमा पुगेका थिए । डार्बिनबाट नेपथ्यले यसपालीको सांगितिक यात्रा सुरु गरेको हो । डार्बिनपछि जनवरी २८ मा नेपथ्यले एडिलेड झुमाएको थियो ।

यी दुबै शहरको कन्सर्ट ब्याण्डको पछिल्लो गीत ‘भटभटे’ बाट सुरु भएको थियो । त्यसपछि ‘छेक्यो छेक्यो’, ‘भेडाको उनजस्तो’, ‘लामपाते सुरती’, ‘जोमसोमे बजार’ जस्ता गीत प्रस्तुत हुदा दर्शकहरुले निकै रमाइलो गरेका थिए ।
ब्रिजवेनमा जनवरी ३१ तारिखमा फोर्टिच्युड म्युजिक हलमा कन्सर्ट हुदैछ । ब्रिजवेनपछि क्यानबेरा, पर्थ, सिड्नी, मेलवर्न र अन्त्यमा होबार्टमा कन्सर्ट भएर यसपालीको सांगितिक यात्रा टुंगिने छ ।


ट्याग : #nepathya
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ