Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleप्रधानमन्त्री प्रचण्डले मृत्युपश्चात् शरीरका सबै अंग दान गर्ने

प्रधानमन्त्री प्रचण्डले मृत्युपश्चात् शरीरका सबै अंग दान गर्ने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् शरीरका सबै अंग दान गर्ने घोषणा गर्नुभएको छ । शुक्रबार प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो घोषणा गर्नुभएको हो ।

मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्नुभएका प्रधानमन्त्री प्रचण्डले सिंगो देश र जनसमुदायमा आफ्नो कदमले सकरात्मक प्रेरणा मिल्ने विश्वास ब्यक्त गर्नुभएको छ । नेपालमा प्रत्यारोपणको व्यवस्था नहुँदा विदेशमा गएर ठूलो धनरासी खर्च गरेर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था विद्यमान रहेकोमा केन्द्र यस्तो बाध्यता धेरै हदसम्म रोक्न भूमिका खेलेको भन्दै प्रधानमन्त्री प्रचण्डले प्रशंसा समेत गर्नुभयो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १० वर्षमा १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको छ ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार केन्द्रमा वार्षिक अधिकतम दुई सय जनाको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । अहिले पनि केन्द्रमा ४०० जना मृर्गौला प्रत्यारोपणको लागि प्रतिक्षारत छन् । प्रतिक्षामा रहेका बिरामीको मिर्गौला प्रत्यारोपणमा कम्तीमा २ वर्ष लाग्ने हुँदा ७ वटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गराउन सरकारले भुमिका खेल्नुपर्ने केन्द्रले बताउँदैआएको छ । मृर्गौला प्रत्यारोपण मार्फत देशको १ अर्ब रुपैया बचाउन भुकिका खेलेको केन्द्रले वार्षिक तीनहजार जनाको प्रत्यारोपण गर्नुपर्ने अवस्थालाई राज्यले बेवास्था गर्न नमिल्ने बताउँदैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ