Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्युजिल्याण्डबाट सिड्नी उडेको विमानको इन्जिनमा समस्या, सुरक्षित अवतरण

न्युजिल्याण्डबाट सिड्नी उडेको विमानको इन्जिनमा समस्या, सुरक्षित अवतरण


सिड्नी/ न्युजिल्याण्डको अकल्याण्डबाट सिड्नी उडेको क्वान्टासको विमानमा आकासमै हुदा इन्जिनमा खराबी देखिएको छ । स्थानिय संचारमाध्यमहरुले जनाए अनुसार गन्तव्य पुग्न एक घण्टा बाकी रहदा उक्त विमानको एउटा इन्जिनमा खराबी देखिएको थियो ।
त्यसपछि विमानका चालक दलले ‘मे डे’ कल गरेका थिए । हवाई क्षेत्रमा ‘मे डे’ कल गर्नु भनेको आपत्तकालिन अवस्था हो ।

क्वान्टासको क्युएफ १४४ कल साइनको बोइङ ७३७ बिमान केही बेर अघि सिड्नीमा सुरक्षित अवतरण गरिएको छ । मे डे कलपछि सिड्नी विमानस्थलमा आपत्तकालिन अवस्थाका लागि एम्बुलेन्स र दमकलहरु तयारी अवस्थामा राखिएको थियो ।
photo- Qantas


ट्याग : #qantas
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ