Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsके होला क्रिकेटर सन्दीपको भविश्य ? उच्चबाट धरौँटीमा छुटे, जिल्ला अदालतमा माघ ९ मा पेसी

के होला क्रिकेटर सन्दीपको भविश्य ? उच्चबाट धरौँटीमा छुटे, जिल्ला अदालतमा माघ ९ मा पेसी


काठमाडौं । उच्च अदालतको आदेशमा शुक्रबार २० लाख धरौँटी बुझाएर रिहा भएका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दाको पेसी माघ ९ मा तोकिएको छ। क्रिकेटर लामिछाने माथि लागेको वालिका बलात्कारसम्बन्धी मुद्दाको अन्तिम छिनोफानोका लागि जिल्ला अदालत काठमाडौंले माघ ९ का लागि पेसी तोकेको हो ।

यो पेसीअनुसार मुद्दाको सुनुवाइ अघि बढेमा जिल्ला अदालत काठमाडौंबाट समेत बालिका बलात्कारको मुद्धामा अन्तिम फैसला आउनेछ । जिल्ला अदालतले थुनामै बसेर मुद्दा लड्नुपर्ने आदेश सुनाए पनि रिहाईको माग गर्दै सन्दीप उच्च अदालत गएका थिए । उच्च अदालतले बिहिबार राती मात्रै थुनामुक्त भएर मुद्धा लडन आदेश दिएको थियो । सो आदेश लगत्तै शुक्रवार नै लामिछाने केन्द्रीय कारागरबाट रिहा भएर आमाबुबासँग घर गएका छन्।

रिहाईका क्रममा सन्दीपले के भने ?
नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले अब छिटै आफू खेलमा फर्किने बताएका छन् । कारागारबाट धरौटी तिरेर रिहा भएलगतै सञ्चारकर्मीसँग संक्षिप्त कुरा गरेका उनले छिटै खेलमा फर्किने बताएका हुन् । अदालतको आदेशलाई सम्मान गर्ने बताएका सन्दीपले समयसँगै सबैकुरा बाहिर आउने प्रतिक्रिया दिएका छन् ।

उच्चअदालतले धरौँटीमा रिहाई गर्दा बिदेश भ्रमणमा जान नपाउने, काठमाडौं बाहिर जादा अनुमति लिनुपर्ने, आफ्नो मुद्धा वा अनुसन्धान बारे कुनै प्रतिक्रिया जनाउन नपाइने, पीडित र परिवारसँग कुनै पनि माध्यमबाट सम्पर्क स्थापित गर्न गराउन नपाउने सर्तनामा राखेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ