Friday, 3 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia१२० वर्ष पुरानो नेपालको विद्यालयमा पुस्तकालय बनाउदै अष्ट्रेलियाका नेपाली

१२० वर्ष पुरानो नेपालको विद्यालयमा पुस्तकालय बनाउदै अष्ट्रेलियाका नेपाली


ब्रिजवेन/नेपालको सिन्धुपाल्चोक जिल्लाको एक विद्यालयमा पुस्तकालय निमार्ण गर्न अष्ट्रेलियाका नेपालीहरु एक जुट भएका छन् । हेल्प नेपाल नेटवर्क नामक संस्था मार्फत सिन्धुपाल्चोकस्थित इन्द्रावतीमा रहेको ‘श्री सिपा तिनघरे संस्कृत उच्च माविमा’ पुस्तकालय बन्न लागेको हो । १ सय २० वर्षे यो विद्यालयमा २ सय बढी विद्यार्थी अध्ययनरत रहेको नेटवर्कको भनाई छ ।

नेटवर्कले अष्ट्रेलिया र विश्वभर छरिएर रहेका नेपालीमाझमा ‘महिनाको एक डलर नेपालका लागि सहयोग’ संकलन अभियान गर्दै आएको छ । यसपाली भने शिक्षाको आधार मानिने पुस्तकालय निमार्णमा जुटेको नेटवर्कमा अष्ट्रेलिया संयोजक केशव बानियाँ क्षेत्रीले जानकारी दिनुभयो ।

पुस्तकालयका लागि सहयोग संकलन गर्न नेटवर्कले ब्रिजवेनमा आगामी जनवरी २८ तारिखमा च्यारिटी डिनरको आयोजना गर्दैछ । माउण्ट ग्राभाटको अर्थोढडक्स चर्चमा डिनर हुन लागेको हो । कार्यक्रममा डिनर बाहेक, संगित र सांस्कृतिक नृत्य समेत प्रस्तुत हुनेछन् ।

नेटवर्कको काठमाडौंस्थित कार्यलय र त्यहाँ रहेका तीन जना कर्मचारीको खर्च जुटाउन छुट्टै कोषको व्यवस्था गरिएको छ । त्यसैले नेटवर्कमार्फत गरिने सहयोग रकमको सबै हिस्सा सिधै योजनामा खर्च हुने भएकाले बढी प्रभावकारी हुने संयोजक केशवको दाबी छ ।

सन् १९९९ मा नेपालको दुर्गम भेगमा स्वास्थ्य, शिक्षा र विपतमा सघाउन वेलायत र नेपालमा नेटवर्कको स्थापना भएको हो । हाल नेटवर्कलाई गैर नाफमुलक संस्थाका रुपमा अष्ट्रेलिया, अमेरिका र स्विडेनमा समेत दर्ता गरिएको छ भने अन्य देशहरुमा समेत यसका प्रतिनिधीहरु सक्रिय रहेको जनाइएको छ ।
सहयोग गर्न चाहानेहरुले नेटवर्कको वेवसाइटमा गएर तथा निम्न खातामा समेत सहयोग पठाउन सक्नेछन् ।


ट्याग : #Charity dinner, #Help Nepal, #Sipa Tinghare School
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ