Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalप्रचण्ड सर्वस्विकार्य प्रधानमन्त्री, २ सय ७२ सांसदको मत पाउने लेखाजोखा !

प्रचण्ड सर्वस्विकार्य प्रधानमन्त्री, २ सय ७२ सांसदको मत पाउने लेखाजोखा !


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा रहेका अधिकांश दलका सांसदबाट विश्वासको मत पाउने भएका छन् । सत्ता साझेदार ७ दल बाहेक, नेपाली कांग्रेस, एकिकृत समाजवादी र जसपा समेत प्रचण्डलाई विश्वासको मत दिने गृहकार्यमा रहेकाले प्रचण्ड सर्वस्विकार्य नेता बन्ने भएका हुन ।

साँढे १ बजेबाट जारी प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागिसक्नु भएको छ । विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले लाखौँ युवालाई विदेशबाट फर्काएर स्वदेशमै आत्मसम्मानको जीवन दिन, कानुनका छिद्रमा खेल्ने प्रबृत्ति रोक्ने, काममा हुने ढिलासुस्ती रोक्ने, अनावश्यक झन्झट र अनियमितता जस्ता कदम रोक्ने प्रतिबद्धता गर्नुभएको छ । माओवादी केन्द्रका सांसदसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी जनता समाजवादी पार्टी नेपाल, एकिकृत समाजवादी पार्टी, जनमत पार्टी, लोसपा र राष्ट्रिय उन्मुक्ति पार्टी तथा तीन जना स्वतन्त्र सांसदको समर्थन प्रचण्डलाई हुने प्रतिबद्धता गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई माओवादी केन्द्रका ३२, नेकपा एमालेका ७९, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६, नागरिक उन्मुक्तिको ४, लोसपाको ४, आम जनता पार्टीको १ र स्वतन्त्र २ सांसदले विश्वासको मत दिएमा २ सय ७२ हाराहारी मत आउने आँकलन गरिएको छ । प्रचण्डको पक्षमा नेपाली कांग्रेसका ८८ सांसदले समेत मत दिएमा उनी सर्वस्विकार्य नेता बन्नेछन् । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथी फाटो बढाउन विश्वासको मत दिएर दबाब बढाउन भुमिका खेल्न लागेको चर्चा चलिरहेको छ ।

प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम गएको १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि उपधारा ९४० बमोजिम ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार आज विश्वासको मत लिन लागिएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ