Thursday, 2 May 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलिया आउदा यी सामान भुलेर पनि नल्याऔँ, साँढे २ करोड जरिवाना हुनसक्छ

अष्ट्रेलिया आउदा यी सामान भुलेर पनि नल्याऔँ, साँढे २ करोड जरिवाना हुनसक्छ


ब्रिजबेन । अष्ट्रेलियामा बिना जानाकारि खानेकुरा,बनस्पतिजन्य पदार्थ, मासु र फलफूल ल्याउँदा २ लाख ६६ हजार ४ सय डलर अर्थात साँढे २ करोड नेपाली रुपैया जरिवाना तिर्नुपर्ने भएको छ । केही समयअघि अष्ट्रेलियाको संसदमार्फत संशोधित वायो सेक्युरिटी एक्ट जनवरी १ बाट लागू भएसँगै यस्तो कडाई सुरु भएको हो ।

अष्ट्रेलिया सरकारबाट संशोधित वायो सेक्युरिटी सम्बन्धी नियम उल्लंघन भएमा परिणाम र अवस्था हरेर ठाउँको ठाउँ ४ हजार ४ सय ४० डलरसम्म जरिवाना हुनसक्छ । यात्रुले त्यस्ता सामानहरु अष्ट्रेलिया छिर्ने बेला भर्नुपर्ने प्यासेन्जर कार्डमा डिक्लेयर  (घोषणा) गर्नु भएमा, सिमा सुरक्षाका कर्मचारीले परिक्षण गर्नेछन् । त्यसरी घोषणा गरिएका सामान ल्याउन नपाईने भएमा कर्मचारीले जफत गर्छन् तर जरिवाना भने हुदैन । तर, घोषणा नगरि ल्याएका त्यस्ता सामान भेटिएमा भने तोकिएको  जरिवाना हुनसक्छ ।

कृषी मन्त्री मुरे वाटले जारी गर्नु भएको विज्ञप्तिमाविज्ञप्तिमा जलवायु परिवर्तनबाट खाद्यमा पर्न सक्ने संकट तथा अन्य देशबाट आउने रोग र किराबाट अष्ट्रेलियाको कृषिलाई जोगाउन यो नयाँ नियम आवश्यक परेको उल्लेख छ ।

अष्ट्रेलियामा क्रियाशिल कानुन व्यवसायीहरुले सकभर प्रतिबन्धित खानेकुरा,बनस्पतिजन्य पदार्थ, मासु र फलफूल ल्याएर झमेलामा फस्ने काम नगर्न सुझाब दिनुभएको छ ।

आखिर अष्ट्रेलियामा किन यस्ता सामानमाथी कडाईका साथ प्रतिबन्ध गरिन्छ ?
अष्ट्रेलियाले उत्पादनमुखी अर्थतन्त्र विकास गर्ने उद्देश्यसहित कृषि क्षेत्रमा ठूलो लगानी गरेको छ । वर्षेनी ७० बिलियन डलर बराबरको खाद्यान्न र फलफूल त अष्ट्रेलियाले निर्यात गरिरहेको छ । यो परिमाण वर्षेनी बढ्दो छ । कृषि क्षेत्रमा मात्रै १६ लाख कामदार प्रत्यक्ष रुपमा कार्यरत छन् । कृषी क्षेत्र र उत्पादनलाई सुरक्षित गर्न बाहिरबाट ल्याउने खाद्यवस्तु र सरसामानबाट रोगब्याधी नभित्रिओस भन्ने मुख्य उद्देश्यले खाद्य सुरक्षा प्रत्याभुती गराउन यस्तो कडाई गरिएको सरकारी पक्षको दाबी रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ