Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको राजधानीमा नेपाल फेष्टिभल, प्रधानमन्त्रीलाई निम्तो

अष्ट्रेलियाको राजधानीमा नेपाल फेष्टिभल, प्रधानमन्त्रीलाई निम्तो


क्यानबेरा/अष्ट्रेलियाको राजधानी क्यानबेरामा पहिलो पटक नेपाल फेष्टिभल हुने भएको छ । गैर आवासिय नेपाली संघ क्यानबेराले फेब्रवरी ११ तारिखको दिन फेष्टिभल गर्न लागेको हो । नेपाल चिनाउने यो कार्यक्रममा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानिजीलाई समेत निम्तो गरिएको संघका संयोजक अशोक बस्नेतले जानकारी दिनुभयो । नेपाल फेष्टिभल क्यानबेराको कमनवेल्थ पार्कमा हुन लागेको छ ।

नेपाली कला संस्कृति झल्कने कार्यक्रममा प्रधानमन्त्री बाहेक, प्रतिपक्ष दलका नेता र सांसदहरुलाई समेत निमन्त्रणा गरिएको छ । त्यस्तै नेपाली दुतावाससंग सहकार्य गरेर क्यानबेरामा भएका विभिन्न देशका राजदुतहरुलाई समेत आमन्त्रण गरिने छ । निम्तो पठाएपनि सहभागी हुने अतिथीहरुका बारेमा भने अहिले नै टुंगो नलागेको संयोजक बस्नेतले बताउनुभयो ।
नेपाल फेष्टिभल सफल बनाउन विभिन्न ११ वटा उपसमितिहरु बनाइएको छ । उप समिति र आयोजकहरु बिच राम्रो सहकार्यका लागि आशिष सापकोटाले फ्रिड क्याम्प भन्ने मोवाइल एप नै बनाएको बस्नेतले जानकारी दिनुभयो । यसपालीको नेपाल फेष्टिभल क्यानबेराका संयोजक भने चुडामणी सापकोटा तोकिएको छ । सापकोटा यसअघिको एनआरएनए क्यानबेराका संयोजक हुनुहुन्थ्यो ।

अष्ट्रेलियामा नेपाली समुदाय बढ्दो छ । क्यानवेरामा त अग्रेजीपछि बोलिने दोस्रो ठुलो भाषामा पर्छ नेपाली । क्यानबेरामा झण्डै १५ हजार जनसंख्या रहेको नेपाली समुदायलाई स्थानिय नेता र राजनीतिज्ञले समेत विशेष चासोले हेर्ने गरेका छन् । अष्ट्रेलियामा नेपाल चिनाउने बाहेक नेपाली समुदाय बलियो छ र हामी यहाँको बहुसांस्कृति समुदायको अभिन्न अंग हो भन्ने दर्शाउन पनि नेपाल फेष्टिभलको आयोजना हुन लागेको बस्नेतको भनाई छ । झण्डै १० हजार मानिस सहभागी हुने आशा गरिएको कार्यक्रमको मुख्य प्रायोजकमा सक्सेस एजुकेशन तथा भिषा सर्भिस रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ