Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalविदेश जानेहरुलाई खुसीको खबर, अब विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति

विदेश जानेहरुलाई खुसीको खबर, अब विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति


काठमाडौं । नेपालबाट विदेश जानेहरुले काठमाडौंमा आएर लिनुपर्ने श्रम स्वीकृति देशका विभिन्न स्थानबाटै पाउने भएपछि काठमाडौं धाउनुपर्ने बाध्यताको क्रमश अन्त्य हुने भएको छ । आजबाट सरकारले विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने व्यवस्था गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगर र जनकपुरमा श्रम तथा रोजगार कार्यालयको शाखा विस्तार गरेर आजबाटै सेवा प्रवाह थालिएको बताइएको छ । वैदेशिक रोजगारीमा जानेका लागि छिटो र छरितो रूपमा श्रम स्वीकृति प्रदान गर्न शाखा स्थापना गरिएको मन्त्रालयले जानकारि दिएको छ । यसअघि नै सरकारले पोखरा, बुटवल, सुर्खेत र धनगढीबाट श्रम स्वीकृति दिदै आएको छ ।

काठमाडौं बाहिर ६ वटा श्रम तथा रोजगार कार्यालयको शाखा विस्तार भएसँगै भौतिक रूपमा उपस्थित भई लिनुपर्ने श्रम स्वीकृति तथा व्यक्तिगत स्वीकृतिको झञ्झट समाधान हुने अपेक्षा गरिएको छ । अब देशका यी ६ स्थानमा अनलाइन मार्फत श्रम स्वीकृति लिन सकिने भएसँगै काठमाडौं धाएर केही दिन बस्नुपर्ने बाध्यता समेट टरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ