Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयुके सिजनल भिसा बारे अबैधानिक सूचना, लेटर हेडसँगै छाप र दस्तखत दुरुपयोग गर्ने गिरोह खोज्दै लन्डनस्थित नेपाली दूतावास

युके सिजनल भिसा बारे अबैधानिक सूचना, लेटर हेडसँगै छाप र दस्तखत दुरुपयोग गर्ने गिरोह खोज्दै लन्डनस्थित नेपाली दूतावास


काठमाडौं, लन्डन । लन्डनस्थित नेपाली दूतावासले आफ्नो लेटर हेड, छाप र दस्तखत अनधिकृत रूपमा प्रयोग गरी ‘युके सिजनल भिसा मिति परिवर्तन’ बारे सूचना आएकोप्रति सचेत गराएको छ । पौष १८ गते प्रकाशित सूचनामा बेलायतमा सिजनल भिसामा नेपालबाट कामदार ल्याउने कम्पनीले दूतावासको लेटर हेड, छाप र दस्तखत अनधिकृत रूपमा प्रयोग गरी नक्कली सूचना प्रकाशित गरेकोतर्फ सचेत गराइएको हो ।

योसँगै सन् २००२२ का लागि सिजनल भिसा (मौसमी भिसा) को लागि आवेदन दिएका र अन्तरवार्ताको पालो नपाएका आवेदकहरूको अन्तरवार्ता मिति परिवर्तन भएको भन्दै नक्कली सूचना जारी भएको पाइएको छ । लन्डनस्थित नेपाली दूतावासले ‘युके सिजनल भिसा मिति परिवर्तन बारेमा’ कुनै पनि आधिकारिक सूचना जारी नगरेको जानकारि गराउँदै झुट्टा सूचनालाई आधार मानी भिसा आवेदन नगर्न तथा नगराउन आग्रह गरेको छ । ‘ सूचनालाई आधार मानी वैदेशिक रोजगारीका लागि पहल गरी ठगिएमा राजदूतावास जबाफदेही नहुनेतर्फ समेत सचेत गराइएको छ ।

दूतावासको नाम दुरुपयोग गरी सूचना निकाल्ने एजेन्ट वा कम्पनीको, संलग्न समूहको पहिचान गरी आवश्यक कारबाहीका लागि परराष्ट्र मन्त्रालयमा पत्राचार गरिसकिएको लन्डनस्थित नेपाली दूतावासका द्वितीय सेक्रेटरी रामबाबु नेपालले जानकारी दिनुभएको छ । पछिल्लो समय सिजनल भिसा आवेदकलाई विभिन्न प्रलोभन देखाई रकम ठगी गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । कतिपय एजेन्टहरूले वर्क परमिट दिलाउने तथा युरोपतर्फ जान पाउने जस्ता प्रलोभन देखाएर समेत ठगी गरिरहेका छन् ।

बेलायतमा विशेषगरि कृषि तथा पोल्टी क्षेत्रमा बढीमा ६ महिनासम्मको सिजनल भिसा (मौसमी भिसा) को लागि आवेदन दिन पाउने बेलायत सरकाको नियम रहेको छ । यसमा व्यक्ति स्वयमले आवेदन दिनसक्ने भएपनि टाठाबाठाहरुले सहजिकरण गरिदिने नाममा ठगी गरिरहेका छन्



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ